स्याङ्जा। स्याङ्जामा दुई दाजुभाई बिच कुटाकुट हुँदा भाईको मृत्यु भएको छ । गएराति भिरकोट नगरपालिका – ३ मा दुई दाजुभार्इबीच सामान्य विवादमा कुटाकुट हुँदा भार्इको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
Advertisement
मृत्यु हुनेमा भिरकोट नगरपालिका – ३ रिजु निवासी ४५ वर्षिय श्यामबहादुर रोका रहेका छन् । दाजु ५० वर्षिय यमबहादुर रोकाले कुट्दा श्यामको मृत्यु भएको प्रहरीले बताएको छ।कुटपिटमा संलग्न यामबहादुरलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भैरहेको जनाएको छ ।