देवदहमा कविता लेखन प्रशीक्षण

देवदह । रुपन्देहीको देवदह – ७ स्थित होटल ॐ दर्शन एण्ड पार्टी प्यालेसको हलमा कविता लेखन प्रशिक्षण तथा जीवन र साहित्य विमर्श कार्यक्रम सम्पन्न भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठान, युगिन साहित्य समाज र अनुराग साहित्य समाजको संयुक्त आयोजना र देवदह नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि युगीन साहित्य समाज नेपालका सल्लाहकार एवं योग प्रशिक्षक नमकान्त पाण्डे कार्यक्रममा बोल्दै यो कार्यक्रमले विद्यार्थीहरुमा रहेको सिर्जनात्मक क्षमता र प्रतिभालाई वृद्धि गर्ने र यी तिनै वटा संस्थाले देवदहको साहित्यको संरक्षण गर्न ठूलो योगदान रहेको बताउनु भयो। यी तिनै वटा संस्थाले देवदहको साहित्यको संरक्षण गर्न ठूलो योगदान रहेको  भन्दै मिलेर काम गर्न सुझाब दिनुभयो।

कार्यक्रमको अध्यक्ष अनुराग साहित्य समाज, नेपालको वरिष्ठ उपाध्यक्ष राजु अर्यालले कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो ।विद्यार्थीहरुमा कविता लेखनको सीप विकास गर्न तथा उनीहरुलाई कविता लेख्ने तरिकाबारे जानकारी दिन र कविता लेखनमा रुचि बढाउन प्रशिक्षण दिइएको हो ।

कार्यक्रमको प्रगतिशिल लेखक संघ रुपन्देहीका अध्यक्ष एवं बरिष्ठ साहित्यकार कविराज पौडेल, साहित्यकार रामचन्द्र श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा देवदहमा रहेका विभिन्न १२ विद्यालयका विद्यार्थीसहित शिक्षक, साहित्य अनुरागीहरु, आयोजक संस्थाका सदस्यहरुको  उपस्थिति रहेको थियो ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...