रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ मा हिजो बेलुकी गुडीरहेको ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–४ का १६ वर्षीय संगम थारु रहेका छन्।
Advertisement
ट्रयाक्टरबाट खस्दा गम्भीर घाइते भएका थारुको उपचारको क्रममा भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । लु १ त ६८ ४२ नम्बरको ट्रयाक्टरमा सवार थारु हिजो बेलुकी ७ बजे सोही ट्रयाक्टरबाट खसेका थिए । ट्रयाक्टर सहित चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।