• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

राष्ट्रिय महिला लिग फुटबल : विराटनगर महानगरपालिकाको टोली बन्द प्रशिक्षणमा


  •   शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
  • कामनाडेली, बिराटनगर। चितवनमा हुने दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि विराटनगर महानगरपालिकाको टोली बन्द प्रशिक्षणमा छ।

    Advertisement

    विराटनगरको सहिद मैदानमा डेढ महिनादेखि १८ जना खेलाडीलाई महानगरले प्रतियोगिताका लागि तयारी गराउँदै आएको छ। प्रतियोगितामा पुरानो साखलाई सुधार्दै टोली लिगको दोस्रो स्थानमा अट्ने गरी मैदानमा उत्रने प्रशिक्षक तथा खेलाडीले बताएका छन्।
    दैनिक बिहान ४ घण्टा अभ्यासरत खेलाडी प्रतियोगितामा महानगरलाई उपाधि नजिक पु¥याउने लक्ष्यले मैदानमा उत्रिने बताउँछन्। टोलीकी कप्तान कल्पना कार्कीका अनुसार पहिलो संस्करणमा टोली पाँचौँ स्थानमा रहे पनि यसपटक त्यसमा सुधार ल्याउनेछ। टोलीमा पहिलो रोजाइकी गोलरक्षकको भूमिकामा रहने कार्कीसँगै हाल बन्द प्रशिक्षणमा १८ जना खेलाडी छन्।
    गोलरक्षकको भूमिकामा कार्कीलाई सोनु लामा र करिना धिमालले साथ दिनेछन्।

    त्यसैगरी, टोलीले भारतको वेष्ट बंगाल र झारखण्डबाट समेत ४ जना खेलाडीलाई मैदानमा उतार्नेछ। टोलीलाई यतिबेला मुख्य प्रशिक्षकमा पारस चौधरी र गोलरक्षकको प्रशिक्षकमा करण कार्कीले अभ्यस्त बनाउँदै छन्। टोलीका मुख्य प्रशिक्षक पारस चौधरीका अनुसार टोलीको तयारी आफूले सोचेअनुसार भइरहेको छ। प्रतियोगिताका लागि अभ्यास गर्न महानगरपालिकाले राम्रो समय दिँदा नतिजा पनि अपेक्षाकृत आउनेमा टोली विश्वस्त देखिएको छ।

    प्रशिक्षक चौधरीका अनुसार टोलीमा मध्यपंक्तिमा र अग्रपंक्तिमा समान ७ जना, रक्षात्मकतर्फ ८ र गोलरक्षकको भूमिकामा ३ जनासहित टोली सन्तुलित रहनेछ। टोली महानगरबाट कविता खड्का र अपेक्षा गिरीसहित मोरङका अन्य क्षेत्रबाट ८, धनगढीबाट ४, सर्लाहीबाट ३, धनकुटा, सुनसरी, उदयपुरबाट समान १ र भारतबाट ४ जना खेलाडी टोलीमा अटाएका छन्। टोलीमा रहेका विद्या राना र दिपिसा लामा भने भारतमा हुने १८ वर्षमुनिको साफ च्याम्पियन्सिप खेल्ने तयारीमा छन्।

    टोलीले प्रतियोगितामा पहिलो खेल विभागीय टोली नेपाल पुलिससँग चैत ११ गते खेल्नेछ। यसअघि पुलिसको टोलीलाई पराजित गरेको विराटनगर मैदानमा दबाब बनाउन सफल हुने प्रशिक्षक तथा खेलाडीको भनाइ छ। प्रतियोगिताका लागि टोलीको सम्पूर्ण तयारी खर्च महानगरपालिकाले व्यहोरेको छ। होम एन्ड अवेका आधारमा हुने प्रतियोगिताको पहिलो चरणको खेल चितवन र दोस्रो चरणको खेल विराटनगरमा हुनेछ।

    प्रतियोगितामा महानगरसहित तीन विभागीय टोली, स्याङ्जाको वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहनेछ।

    प्रतियोगिताको विजेता टोलीले २० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ। त्यसैगरी, दोस्रो हुने टोलीले १० लाख, तेस्रो स्थानमा रहने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

    शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी
    इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने
    दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation