दाङ । दाङमा एक युवाले आफ्नै बुवाको घाँटी रेटेर हत्या गरेका छन्। जिल्लाको शान्तिनगर गाउँपालिका–३ बेलडाँडा निवासी २० वर्षीय गोपाल पुनमगरले बुवा ६३ वर्षीय कर्णबहादुर पुनको घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले बताए ।
Advertisement
बुधबार दिउँसो पानीको गाग्री बोकेर घर आएका बुवामाथि पुनले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए। प्रहरीका अनुसार पुनलाई नियन्त्रणमा लिइसकिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।