अनुज पछाई, प्यूठान । प्यूठानमा विद्यालयमा नै विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ। १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई आइतबारदेखि चार दिनसम्म कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको हो ।
विद्यार्थीलाई विद्यालयमै भौतिक उपस्थिति गराएर कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाइने जिल्ला स्वास्थ्य कार्यलय प्यूठानका प्रमुख मधुसुदन खडकाले जानकारी दिए । पठनपाठन बन्द रहे पनि खोप लगाउने प्रयोजनका लागि विद्यालय संचालन हुने उनले बताए।
अहिलेसम्म प्यूठानका २८ हजार बढी विद्यार्थीहरूले कोरोना विरुद्धको मोडर्ना खोपको पहिलो डोज लगाइसकेका छन् । यस पटक ३० हजार बढी बिद्यार्थीलाई खोप प्रदान गर्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
यसअघि जिल्लाप्रशासन कार्यालय प्यूठानले २७ पुसदेखि १५ माघसम्म सबै विद्यालय बन्द गर्ने निर्णय भएको थियो । खोपका लागि विद्यालय खोलिए पनि माघ मसान्तसम्म पठनपाठन बन्द रहने बताइएको छ ।
प्यूठानका विद्यालयमा कोरोनाविरुद्धको खोप लगाउन सुरु
प्यूठानका विद्यालयमा कोरोनाविरुद्धको खोप लगाउन सुरु
Advertisement
तपाईको प्रतिक्रिया