• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

बुटवलका सबै वडामा ल्याबसहितको स्वास्थ्य सेवा


  •   मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
  • बुटवल । बुटवलका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आधुनिक ल्याब सेवासहितको प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्दै सञ्चालनमा ल्याइएको छ । विस्तार भएका र ल्याबसहितको स्वास्थ्य प्रवद्र्धन केन्द्रको एक समारोहबीच बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले मंगलबार शुभारम्भ गरेका छन् । सेवाग्राहीको आकर्षण बढेकाले जनस्वास्थ्यका सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विशिष्टिकृत सेवासमेत थपेर विस्तार गरिएको प्रमुख सुवेदीले बताए।

    Advertisement

    बुटवल वडा नं. २, १५, १६ र १९ मा सहरी स्वास्थ्य केन्द्र व्यवस्थित गरिएको छ। नयाँ संरचनामा नयाँ व्यवस्थासहितको स्वास्थ्य केन्द्रको प्रमुख सुवेदीले शुभाम्भ गरेका हुन् । त्यस अवसरमा उपप्रमुख गुमादेवी आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारती, सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधि, शिक्षा, जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनाल, स्वास्थ्य शाखा प्रमुख कल्पना भट्टराईलगायतले अब नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउने बताए ।

    नयाँ संरचनामा शुभारम्भ गरिएका स्वास्थ्य केन्द्रहरू र यसअघि नै व्यवस्थित गरिएकासमेत गरी बुटवलमा हाल १२ वटा स्वास्थ्य संस्था छन् । मोतीपुर र सेमलारमा स्वास्थ्य चौकी, नयाँगाउँ र बुद्धनगरमा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र र बाँकी ठाउँमा सहरी स्वास्थ्य केन्द्र रहेका छन् । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र नयाँ गाउँमा मेडिकल अफिसर, स्वास्थ्यकर्मीहरू र एक्सरे, अल्ट्रासाउन्ड र मधुमेह परीक्षणको सुविधासमेत उपलव्ध छ । यी सबै स्वास्थ्य संस्थामा करिब ७५ प्रकारका औषधि निःशुल्क रूपमा वितरण हुँदै आएको छ । जनस्वास्थ्यको क्षेत्रमा मेडिकल अफिसरसहित ८१ जनाको जनशक्तिले सेवाप्रवाह गरिरहेको छ ।

    बुटवल उपमहानगरका १९ वटै वडामा मेडिकल अफिसर र जनस्वास्थ्य अधिकृतले आधुनिक ल्याबसहित नियमित सेवा प्रवाह गरेका छन् । उपमहानगरमा रहेका विभिन्न १८ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले नियमित सेवाप्रवाह गर्दै आएका छन् ।

    सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र तथा स्वास्थ्य चौकीमार्फत प्राथमिक स्वास्थ्य सेवालाई प्रभावकारी र विश्वसनीय बनाउने पहल थालिएदेखि नै नगरबासीको आकर्षण बढेको प्रमुख सुवेदीले बताए । मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलव्ध गराउने कोसिस गरिएको उनकाे भनाइ छ ।

    सरकारी तवरका स्वास्थ्य संस्थामा सेवाग्राही विश्वस्त हुन नसकेको र सेवाप्रवाह पनि प्रभावकारी नभएका गुनासा आइरहेका बेला बुटवल उपमहानगरपालिकामा भने सरकारीमै सेवा लिनेको संख्यामा भने उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७४-७५ मा नगरका सम्पूर्ण स्वास्थ्य संस्थाहरूबाट बहिरंग सेवा लिने २१ हजार चार सय ७३ जना रहेकोमा आर्थिक वर्ष २०७५-७६ मा १० हजारभन्दा धेरैले वृद्धि भएकाे छ । साे वर्ष मात्रै कुल ३२ हजार आठ सय २१ जनाले सेवा लिएको उपमहानगरको शिक्षा, स्वास्थ्य तथा जनशंख्या महाशाखाको तथ्यांकमा छ । गत आर्थिक वर्षमा यो संख्या अझ बढेको छ ।

    स्वास्थ्य संस्था नभएका वडामा वडा क्लिनिक सञ्चालन गरिएको थियो । जसअन्तर्गत आर्थिक वर्ष २०७४-७५ मा चार हजार सात सय चारजनाले सेवा लिएकोमा ०७५-७६ मा वृद्धि भई नौ हजार ५९० जना सेवाग्राही पुगे । ०७६-०७७ मा त्यो संख्यामा वृद्धि भएर ४२ हजार तीन सय ५४ जनाले सेवा लिएका छन्। ०७७-०७८ मा ४५ हजार ६ सय २० जनाले र चालू आर्थक वर्षको हालसम्मको अवधिमा मात्रै ३८ हजार जनाले स्वास्थ्य संस्थाबाट सेवा लिएको स्वास्थ्य शाखाका प्रमुख कल्पना भट्टराईले जानकारी दिइन् ।

    यो संख्या उपमहानगर मातहत रहेका १२ वटा संस्थामा सेवा लिन आएका सेवाग्राहीको मात्रै हो । बुटवलमै रहेका, आम्दा, प्रादेशिक अस्पताल र अरु अस्पतालमा सेवा लिनेको संख्या यसमा समावेश छैन। बुटवल उपमहानगरले सिद्धार्थ बाल तथा महिला अस्पतालमा उपमहानगरको अलग्गै खोप भण्डार केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको छ ।

    ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य सेवा

    ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरदैलोमै चौमासिक रूपमा पुगेर स्वास्थ्य चेकजाँच र निःशुल्क औषधि उपलव्ध गराउने स्थानीय तहमा बुटवल नै मुलुकमा पहिलो मानिन्छ । ‘नगर प्रमुख जेष्ठ नागरिक घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण’ शीर्षकमा सुरु भएको यो कार्यक्रमअन्तर्गत करिब १० हजार जना ज्येष्ठ नागरिकले सेवा लिएका छन् । यो कार्यक्रम कोभिड महामारी र स्वास्थ्य मापदण्डको पालना गर्दै अहिले पनि जारी राखिएको छ ।

    गर्भवती तथा सुत्केरीलाई घरमै पुगेर पोषण र औषधि

    गर्भवती तथा सुत्केरी महिलालाई पनि घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको छ । पहिलो चरणमा सत्केरीलाई घरमै पुगेर पोषण सामग्री र भत्ता प्रदान गरिएको छ । यस्तै गर्भवतीलाई स्वास्थ्य संस्थामा आकर्षित गर्न क्याल्सियम चक्कीसहित पोषण सामग्री सहयोग गरिएको छ । यस कार्यक्रमअन्तर्गत तीन हजारजना लाभान्वित भएका छन् । श्रोत : ईमाउण्टेन

    मङ्गलबार, माघ ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation