स्कटूर दुर्घटनामा परी सैनामैनाका युवकको मृत्यु

बुटवल । रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–८ बस्ने ३५ वर्षीय लाल प्रसाद पन्थी रहेका छन् । उनको मंगलबार बिहान स्कुटर दुर्घटनामा परी मृत्यु भएको हो।

लुम्बिनी सांस्कृतिक नगरपालिका –६ तेलारस्थित सडकबाट तल खोल्सामा लु १९ प ६७२५ नम्बरको स्कुटरसहित खसेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको र दुर्घटनाबारे अनुसन्धान भइरहेको लुम्बिनी ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...