• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. अस्पताल बने, सेवा सुरु भएन

  • ३. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ४. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ५. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • ६. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ७. प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

  • ८. बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

  • ९. लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

  • १०. लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

प्यूठानको शैक्षिक विकासको इतिहास


  •   मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित
  • – प्राडा यादव पण्डित

    Advertisement

    प्युठानको शैक्षिक इतिहास ः
    नेपालमा आधुनिक शिक्षाको प्रवेश दरबारका भाई भारदारहरुलाई पढाउने उदेश्ले स्थापित दरबार हाइस्कुल को संचालन भए पछि मात्रै भएको हो । त्यसभन्दा आगाडी संस्कृत परम्परामा आधारित गुरुकुलहरुमा केहि उच्च ब्रामण परिवारका सदस्यहरुले संस्कृत कर्मकाण्ड तथा धर्म सम्बन्धी अध्यन गर्दथे ।बिस्तारै बिस्तारै विभिन्न ठाउहरुमा स्थापित संस्कृत पाठशालाहरुले गुरुकुल हरुको प्रतिस्थापन गरे । २००७ सालको जनक्रान्ति पश्चात मात्र देशमा शैक्षिक जागरणको ठोका खुल्यो । प्युठान जिल्लामा पनि शिक्षाको लहर २००७ सालको जनक्रान्ति पश्चात नै आएको हो ।
    स्वर्गद्दारी आश्रम र पाठशाला ः
    स्वर्गद्वारी तपोभूमिमा महाप्रभुले बि. स. १९५२÷१९५३ सालमा यज्ञशाला र पुजा शुरु गरेपछि त्यहाँ पुजा कार्यमा संग्लन ब्रामणहरुलाई बेद, कर्मकाण्ड आदि अध्यापन गराउने परिपाटी पनि बसालेको देखिन्छ जुन आज पर्यन्त जारी छ । प्युठानको शैक्षिक बिकासको प्रारम्भमा स्वर्गद्वारी आश्रमको योगदान महत्वपूर्ण छ ।
    भाषा पाठशाला ः
    २००७ साल भन्दा अगाडिको प्युठानको शैक्षिक इतिहासको वारेम बिस्तृत अध्यन र अनुसन्धान को खाचो छ । विभिन्न व्यक्तिहरुसंगको कुराकानी र भेटवार्ताबाट हामीलाई प्राप्त जानकारी अनुसार खंलंगा को “भाषा पाठशाला “ प्युठान जिल्लाको सबभन्दा पुरानो स्कुल मान्नु पर्दछ । यो पाठशालाको स्थापना को मिति थाहा पाउन नसकिय पनि २००४ सालमा क्वाड़ी एक्लेपसलमा हिक्मतेश्वर आधार स्कुल र मर्कावांगमा सुन्नानी आधार स्कुल स्थापना गरिनु पुर्व खलंगा को भाषा पाठशालामा पढाई संचालित भैरहेको थियो । २००३ –२००४ सालतिर भाषा पाठशालाका शिक्षकहरुमा पुण्यखोलाका रोमाराम भट्ट र खैराका मुक्ति प्रसाद आचार्य थिय, उनीहरुलाई गाउघरमा “पाठ्शाले “ का नामले चिनिन्थ्यो । आधार स्कुल खुलेपछि त्यसले जिल्लामा शैक्षिक जागरण ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । बनारस र गोरखपुरतिर पुगेर संकृत र अग्रेजी अध्ययन गरि फर्केका तात्कालिन युवाहरुले यी आधार स्कुलमा पढाउने कार्य गरि जिल्लाको शिक्षा बिकासरुपी महलका जगका इट्टा का रुपमा काम गरे । धनुषाका माधव गौतमले सुन्नानी आधार स्कुल मर्काबांगमा गरेको योगदान पनि स्मरणीय छ । टारिका टंकेश्वर गौतम र कुलचन्द्र सुबेदी , बाग्दुलाका चेतनाथ पण्डित, खैराका गुरु प्रसाद आचार्य लगाएत अन्य शिक्षकहरु आधार स्कुलका शिक्षक रहेको पाईन्छ ।
    मुक्ति मिडिल स्कुल ः
    २००७ सालको राजनैतिक परिवर्तनले शैक्षिक जागरणको क्षेत्रमा ल्याएको क्रान्तिकारी परिवर्तनको प्रभाव प्युठान जिल्लामा पनि पर्यो । फलस्वरूप २००८ सालमा मुक्ति सेनाका जवानहरुको तलवको रकमको सहयोगमा रातमाटामा “मुक्ति मिडिल स्कुल“ स्थापना गरियो । “मुक्ति मिडिल स्कुल“ प्युठान जिल्लाको एक मात्र अंग्रेजी पढाइ हुने निम्न माध्यमिक बिद्यालय थियो । त्यस स्कुलमा धरमपानीका चेस्ट बिक्रम राणाले अंग्रेजी शिक्षकका रुपमा काम गरेको पाइन्छ । पछि मुक्ति मिडिल स्कुल मुक्ति हाइस्कुल मा परिणत भयो । मुक्ति हाइस्कुल स्थापना गर्न योगदान गर्ने शिक्षाप्रेमीहरुमा टिकुरीका अनिरुद्र शर्मा, हेमराज शर्मा, टंकेश्वर शर्मा पण्डित “बुढा काग्रेंस “ , क्वाडीका टंकेश्वर पोख्रेल , विजयनगरका गिर बहादुर खडका, र धर्मावतीका गोबिन्द बहादुर के सी (“भालु सुब्बा“) को योगदान उल्लेखनीय छ । यसरी मुक्ति हाइस्कुल प्युठान जिल्लाको सबभन्दा पहिलो हाइस्कुल बन्यो । बलरामपुर भारत बाट ल्याइएका रामबक्स शिंह यसको पहिलो प्रधानाध्यापक बनाइए । दाङ्गका टिकादत्त पन्तलाई शिक्षक बनाइयो । रातमाटामा हाइस्कुल खुले पछि हिक्मतेश्वर आधार स्कुल लाइ शिवालय बाट बग्दुलामा सारियो ।
    जनता हाइस्कुल बाग्दुला ः
    २०१४ साल सम्म आइपुग्दा भौगोलिक रुपले जुम्री खोलादेखि पुर्व उत्तर तर्फका बिधार्थी , राजनैतिक दलका कार्यकर्ता तथा शिक्षाप्रेमी जनसाधारण मुक्ति हाइस्कुल लाई बाग्दुलामा सार्ने अभियान मा लागे । २०१४ सालमा मुक्ति हाइस्कुल रातमाटालाई फुटाएर माथिल्लो क्षेत्र का शिक्षक , बिधार्थी तथा जनसमुदायको सहयोगमा रातारात बाग्दुलामा जनता हाइस्कुल को स्थापना गरियो । यस सम्बन्धमा रमाइलो कुरा के छ भने रातिको समयमा रातमाटाको मुक्ति हाइस्कुलको ढोका फोरेर कुर्सी , टेबल भूगोल का नक्साहरु , ग्लोब तथा अन्य शैक्षिक सामग्री चोरेर रातारात बाग्दुला पुराइएको थियो । जनता हाइस्कुल स्थापना र संचालन गर्न योगदान गर्ने शिक्षाप्रेमीहरुमा अनिरुद्र शर्मा , हेमराज शर्मा ,टंकेश्वर पण्डित , शशिधर पण्डित, गोबिन्द बहादुर के सी, चेतनाथ पण्डित , रोमाराम पण्डित , विष्णुप्रसाद पण्डित, मिन बहादुर थापा, मान बहादुर थापा, झिम बहादुर के सी , देबी बहादुर के सी , नर बहादुर कप्तान, बिष्णु बहादुर के सी , शेर बहादुर के सी , हुकुम बहादुर के सी, खगराज भट्ट, लंक प्रसाद कक्षपति को नाम उल्लेखनीय छ । बनारस बाट शिक्षक को रुपमा सेबा गर्न प्युठान आएका देबकी नन्दन मालबिय जनता हाइस्कुल का पहिलो प्रधनाध्यपंक भए । त्यसपछि मुख्यानाथ तिवारी ले जनता हाइस्कुलको प्रधानाध्यापक का रुपमा गरेको योगदान प्रसंसनिय छ । जनता हाइस्कुल का पहिलो समुह का बिधार्थी हरुमा भीमकान्त पण्डित र कोशल्चन्द सुबेदी तथा दोश्रो समुह का बिधार्थीहरुमा मुक्ति प्रसाद शर्मा , शान्ता देबी ब्रह्मा, गिर बहादुर के सी , तुलशी प्रसाद भट्टराई र रामचन्द्र गोदार थापा ले समेत आफुले पढ्दै गर्दा आफु भन्दा तल्लो कक्षा का बिधार्थी हरुलाई पढाएर शैक्षिक योगदान गरेका थिय । जनता हाइस्कुल स्थापना गरिए पछि मुक्ति हाइस्कुल रातमाटा संचालन गरिराख्न विभिन्न कठिनाइहरु उत्पन्न भए । मुक्ति हाइस्कुल का संकट का दिनहरुमा स्कुल संचालन गरिराख्न योगदान दिने शिक्षा प्रेमी हरुमा शिवराज सुबेदी, गिरबहादुर खडका , टंकेश्वर पोख्रेल , टंक बहादुर बिस्ट हरुको नाम अग्र पंक्तिमा आउछ ।
    बिद्यालय विस्तार ः २०१५– २०१७
    २०१५ सालको आम निर्वाचन सम्पन्न भइ प्रथम जननिर्वाचित सरकार स्थापना भएपछि २०१७ सम्मको छोटै आबधिमा तात्कालिन शिक्षा प्रेमी सांसद अनिरुद्र शर्मा को सक्रियतामा २२ वटा प्राथमिक बिद्यालय तथा केहि निम्न माध्यमिक बिध्यालयहरु स्थापना भए । तात्कालिन सांसदहरु पुरुषोत्तम उपाध्याय तथा खडानन्द सुबेदी को सहयोग र सक्रियता पनि बिर्सनु हुदैन । त्यसपछिको अबधिमा देशमा राजनैतिक व्यवस्था तथा प्रणालीमा परिवर्तन भए पनि स्कुल हरुको स्थापना हुने क्रम रोकियन । ओखरकोट, खलंगा , भिंग्री, बिजुली , स्वर्गद्वारी आदि स्थानहरुमा पनि क्रमैसंग माध्यमिक बिधालयहरु स्थापना गरिए , अन्य स्थानहरुमा स्कुल स्थापना गर्नेक्रम अहिलेपनि जारी छ ।
    उच्च शिक्षा ः स्वर्गद्दारी क्याम्पस
    उच्च शिक्षा को क्षेत्रमा प्युठान जिल्लामा २०३७ सालमा स्वर्गद्वारी क्याम्पस स्थापना भयो । मुख्यानाथ तिवारी पहिलो क्यम्पुस प्रमुख हुने अवसर प्राप्त गरे । सुरुका दिनहरुमा क्याम्पस स्थापना गर्न योगदान गर्ने शिक्षा प्रेमीहरुमा खेमराज पण्डित को नाम अग्रस्थानमा आउछ । स्थापनाको आरम्भका बर्षहरुमा मानविकी तर्फ प्रमाणपत्रतह सम्म मात्र अध्यापन गराइने यस क्याम्पस मा पछि अन्य बिषयमा समेत अध्ययन गर्न सकिन्छ ।
    पछिल्लो समय प्यूठान क्याम्पस खलंगा, झिम्रुक क्याम्पस बाग्दुला, गौमुखी क्याम्पस मच्छी, अमर क्याम्पस बाझिपुरमा क्याम्पस खुलिसकेका छन् ।

    मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार
    लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल
    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      अस्पताल बने, सेवा सुरु भएन

    • ३.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    • ४.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा

    • ५.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम

    • ६.
      सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं :

    भर्खरै

    • १.
      झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

    • २.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • ३.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ४.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ५.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ६.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ७.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ८.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation