आधा दर्जन पत्रकार एमाले प्युठानको जिल्ला कमिटिमा

कामनाडेली, प्युठान। पहिलो पटक एकैसाथ आधा दर्जन पत्रकार नेकपा (एमाले) प्युठानको जिल्ला कमिटीमा निर्वाचित भएका छन् ।  सोमबार बिजुवारमा सम्पन्न पार्टिको नवौं जिल्ला अधिवेशनबाट उनिहरु जिल्ला कमिटीमा चुनिएका हुन।
अधिबेशनबाट प्रेस चौतारी नेपालकि केन्द्रीय सदस्य दिपा पौडेल एमाले प्युठानको उप- सचिबमा निर्वाचित हुनुभएको हो। त्यस्तै,नेपाल पत्रकार महासंघ प्युठानका कार्यसमिती सदस्य प्यार अलि खान, चौतारीका केन्द्रीय सदस्य एलबी थापा,गिरु भण्डारी, चौतारी प्युठानका जिल्ला उपाध्यक्ष शिबा रेग्मी, र पत्रकार बिनोद भण्डारी एमाले प्युठानको जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका छन् ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...