बाँके । बाँकेमा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगञ्ज उपहानगरपालिका वडा नं १३ बस्ने वर्ष २६ का पंकज कुर्मी रहेका छन् ।
Advertisement
उनलाई प्रहरीले शंकास्पद रुपमा हिडिरहेको समयमा नेपालगञ्ज उपमहानगरपालिका २० मनिकापुरबाट शनिबार दिउँसो २ बजे पक्राउ गरेको हो । कुर्मीको साथबाट प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।