रुपन्देहीमा छुट्टा छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा छुट्टा छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–१२ देबकोटा चोकमा लु ३४ प १३७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा २५ वर्षीय युवाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्तपालमा उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृतक युवाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । साथै सोही मोटरसाइकलमा सवार सिद्धार्थनगर नगरपालिका–१२ का राहुल गुरुङको भीम अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी बुटवल उपमहागनगरपालिका–५ नेपालगंज रोडमा मंगलबार राति स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको छ । स्कुटरको ठक्करबाट पैदलयात्री नवलपरासी वर्दघाट नगरपालिका चिसापानी घर भई हाल बुटवल उपमहानगरपालिका–९ दिपनगर बस्ने ५१ वर्षीय सुवास राना मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका रानाको मंगलबार राति उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने स्कुटर चालक प्रहार रहेको उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...