अनुज पछाई, प्यूठान । अलपत्र अवस्थामा प्यूठानको खलंगा बसपार्कमा फेला परेका बालकलाई प्यूठान प्रहरीले उनको अभिभावकको जिम्मा लगाएको छ। रोल्पा जिल्ला घर भई हाल केहि दिनदेखि प्यूठान सदरमुकाम खलंगाा बसपार्कमा बेबारिसे अबस्थामा बस्दै आएका थिए ।
रोल्पा घर भएका यम बहादुर घर्ति क्षेत्रीका १० वर्षीय छोरा दिनेश घर्र्ति क्षत्रीलाइ प्रहरीद्वारा पुस ८ गते उद्धार गरी जिल्ला प्रहरी कार्यालय प्यूठानमा राखिएको थियो ।
प्रहरीले उनको अभिभावक पत्ता लगाएर आइतबार बालकका आमा–बुबाको जिम्मा लगाएको हो। जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी उपरीक्षक सत्यनारायण थापाले बाबु यम बहादुर घर्तिक्षेत्रीलाई प्रहरी कार्यालयमै बोलाएर बालक जिम्मा लगाएको बताए।
Advertisement