पाल्पामा बिजुलीको पोलबाट खसेर एक जनाको ज्यान गयो

पाल्पा । केन्द्रीय प्रसारण लाइनको विद्युत् तार विस्तारका क्रममा निस्दी गाउँपालिकामा बिजुलीको पोलबाट खसेर बिहीबार एक जना मजदुरको मृत्यु भएको छ ।

हाइटेन्सन लाइन विस्तारको क्रममा पोलमा चढेका नवलपरासी बर्दघाटका ३६ वर्षीय पशुपति चौधरीको खसेर मृत्यु भएको निस्दी, मित्याल रुक्सेभन्ज्याङ प्रहरी चौकीका प्रमुख डेढ बहादुर थापाले जानकारी दिए ।

निस्दीको ज्यामिरे चारघरेमा बिजुलीको तार विस्तार गर्ने क्रममा पोलबाट खसेर मजदुरको मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...