काठमाडौं । नेकपा एकीकृत समाजावादी निकट युवा संघ नेपालको पिपुल्स भोलिन्टिर्सले आज सरसफाई गरेको छ ।
Advertisement
काठमाडौंको वीर हस्पिटलमा सरसफाई गरिएको हो । ‘महिनाको दुई दिन दुई घण्टा मेरो, राष्ट्रकालागि’ भन्ने नाराका साथ सरसफाई गरिएको युवा संघले जनाएको छ ।
बिहान ११ बजेदेखी १ बजेसम्म दुई घण्टा पिपुल्स भोलिन्टिर्स विभागको टिमले सरसफाई गरेको युवा संघका प्रवक्ता एवं उपमहासचिव सन्जिप राईले बताए। सो कार्यक्रमको संघका केन्द्रिय सल्लाहकार समितिका सभापति हस्त बहादुर शाहीले उदघाटन गरेका थिए ।
टिमले यसअघि पनि टिचीङ हस्पिटल, त्रिभुवन विश्वविद्यालय किर्तिपुर लगायत ठाउँको सफाई गरिसकेको छ संघका प्रवक्ता तथा पिपुल्स भोलिन्टियर्सका इन्चार्ज राइले बताए । विभागले यस्ता विभिन्न सामाजिक कार्यहरू गर्दे आईरहेको छ ।