अनुज पछाई , प्यूठान । प्यूठानमा पुस २ गतेबाट कोरोना भाइरस विरुद्धको भोरोसिल खोप लगाइने भएको छ । भोरोसिल खोपको पहिलो तथा दोस्रो मात्रा लगाउन बाँकी भएका र १८ वर्ष माथि सबैलाई खोप लगाइने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ।
साथै गर्भवती महिलालाई पनि खोप लगाइने कार्यालयले जनाएको छ । तर खोप लगाउनका लागि गर्भवती भएको ३ महिना पुगेको हुने पर्ने छ । पुस २ गतेबाट जिल्लाका सबै नगरपालिकाको पायक पर्ने खोप केन्द्रबाट खोप लगाउने कार्यक्रम सञ्चालन हुने कार्यालय जनाएको छ ।
खोप लगाउनका लागि दोस्रो खोप लगाउनेले पहिलो खोप लगाएको खोप कार्ड र पहिलो खोप लगाउनेले आफू १८ वर्ष भएको खुल्ने परिचय पत्र ल्याउनु पर्ने छ ।
यो अभियान पुस २ गते देखि फागुन १ गते सम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुुदन खड्काले जानकारी दिए । साथै एष्ट्राजेनिका खोपको पहिलो डोज लगाएको २ महिना पुरा भएकाले दोस्रो मात्रा खोप लगाउने अभियान पनि सङगै सुरु हुने स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख खडकाले बताए ।
प्यूठान जिल्लामा बाकि रहेका १ लाख ब्यक्तिलाई खोप लगाउने लक्ष्य साथ स्वास्थ्य कार्यालय प्यूठानले सञ्चालन गरेको यस अघिको खोप अभियानमा ५६ हजार ४५ जनाले मात्र खोप लगाइएका छन । खोप लगाउन छुटेका बाकि सम्पूर्णको लागी लक्षित गरेर २ महिने खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
खोप लगाउन छुटेका प्यूठान नगरपालिका ब्यक्तिले सापडाडाँ स्वास्थ्य चौकि बिजयनगरबाट खोप लगाउन सकिने छ । ऐरावति गाउपालिकाको लागी बरौला स्वास्थ्य चौकि लाई खोप केन्द्रको रुपमा तोकिएको छ । मल्लरानीको लागी खलंगा प्राथमिक स्वास्थ्य चौकि ,नौबहिनिको लागी बहाने स्वास्थ्य चौकि , झिमरुकको लागी ओखरकोट स्वास्थ्य चौकि र गौमुखि गाउपालिकाको लागी पुजा स्वास्थ्य चौकिलाई खोप केन्द्रको रुपमा तोकिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
त्यस्तै माण्डबी गाउपालिकामा खोप लगाउन छुटेका १८ बर्षमाथिका ब्यक्तिले नयाँगाउ स्वास्थ्य चौकि ,सरुमारानीको लागी बड्डाडा स्वास्थ्य चोेैेकिलाई खोप केन्द्र को रुपमा तोकिएको छ । साथै स्वर्गद्दारीको लागी भिगृ स्वास्थ्य चौकिको लाई खोप केन्द्र तोकिएको छ ।
प्यूठानमा पुस २ गतेबाट भेरोसिल खोप लगाइने
प्यूठानमा पुस २ गतेबाट भेरोसिल खोप लगाइने

Advertisement
तपाईको प्रतिक्रिया