• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ३. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ४. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

  • ५. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ६. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

गुल्मी जिल्लामै अक्सिजन उत्पादन सुरु


  •   आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लामा अक्सिजन उत्पादन सुरु भएको छ । गुल्मी अस्पतालमा निर्माण भएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन हुन थालेको हो ।
    जिल्लामै अक्सिजन उत्पादन गर्ने उदेश्यले ल्याइएका सामाग्रीमा लामो समयदेखि सञ्चालनमा नल्याउदा खिया लाग्न थालेका थिए । तर अहिले भने दैनिक ४० वटा अक्सिजन सिलिन्डर प्लान्टबाट उत्पादन हुन थालेको छ ।
    जिल्ला सदरमुकाम तम्घासमा रहेको अस्पतालमा करिब डेढ करोडको लागतमा प्रतिदिन एक सय सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट सञ्चलनमा आएको छ । कोरोना महामारीमा संक्रमितको उपचारमा अक्सिजनको अभाव जिल्लामा नहोस भनेर जिल्लाबाटै अक्सिजन उत्पादन गर्ने उदेश्यले प्लान्ट निर्माण कार्य अगाडी बढाइएको थियो ।
    अक्सिजन प्लान्ट सञ्चालन गर्न गत असारमै सामाग्रीहरु गुल्मी अस्पतालमा आएका थिए । तर अक्सिजन प्लान्ट राख्ने भवनको समयमै काम नसक्दा अक्सिजन प्लान्ट संचालनमा ढिलाई भएको थियो ।
    जसले गर्दा सामाग्री खिया लाग्न थालेक थिए । प्राबिधिक आएर प्लान्ट निर्माण कार्य पुरा भएकाले अक्सिजन उत्पादन हुन थालेको गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उत्तम पच्चाले बताए ।
    उनले अब आबश्यक अनुसार अक्सिजन उत्पादन कार्य अगाडी बढाइने बताए । गुल्मी अस्पतामा महामारी अबस्थामा दैनिक ठूलो अक्सिजनको सिलिन्डर १५ वटा भन्दा बढि खपत भएको डा. पच्याले बताए ।
    अहिले गुल्मी अस्पतालमा दैनिक ५ वटा अक्सिजन सिलिन्डर खपत हुने गरेको छ । जिल्ला अस्पतालबाट उत्पादन गरिएको अक्सिजन अन्य सर्बसाधारणलाई पनि भर्ने व्यवस्था बारे आबश्यक छलफल पछि मात्रै निर्णय गरिने डा. पच्याको भनाई छ ।
    जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्नेहरुले पनि लामो समय सम्म संचालनमा आउन नसक्दाँ प्रश्न उठाएका थिए । तर ढिलो भएपनि जिल्लामै अक्सिजन उत्पदान हुनु खुसीको कुरा रहेको प्लान्ट निर्माणमा सहयोगी गुल्मी उद्योग बाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले बताए ।
    उनले अब गुल्मी अस्पतालमा अक्सिजन अभाव नहुने बताए । प्लान्ट सञ्चालनमा नआउदा सुशासन अभियान गुल्मीले पनि चासो देखाएको थियो । आइतवार नै सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डे सहितको टोलिले गुल्मी अस्पतालका डा. पच्यासँग छलफल समेत गरेका थिए ।
    उनिहरुले प्लान्टबाट अक्सिजन उत्पादन सुरु हुन थालेकोमा खुसी ब्यक्त गरेका थिए । प्लान्ट निर्माणमा अभियान चलाएका नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले प्लान्ट सञ्चालनमा आएसँगै गाँस काटेर गुल्मेली नागरिकहरुले उठाएको सहयोग रकमले सार्थकता पाएको बताए ।
    उनले सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यसको निरन्तरता हुनुपर्नेमा जोड दिए । अक्सिजन प्लान्ट निर्माणको लागि नेपाल सरकारबाट एक करोड र नेपाल पत्रकार महासंघको नेतृत्वमा जिल्ला स्थित सामाजिक संघ संस्था व्यक्तिहरुको सहयोगमा ६० लाख संकलन गरिएको थियो ।
    गुल्मी अस्पतालमा राखिएको अक्सिजन प्लान्टको लागि १ करोड ३० लाख ५० हजार को लागत रहेको डा. पच्याले बताए । गत बैशाखमा कोरोनाको दोस्रो लह्रमा अकिसजनको अभावले उपचारमा निकै समस्या झेल्नु परेको थियो ।
    तर अब भने जिल्लामा अक्सिजन अभाव नहुने अपेक्षा लिइएको छ ।

    Advertisement

    आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ३.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ४.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ६.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    भर्खरै

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • २.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ३.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ४.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ६.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ७.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ८.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation