प्युठान । ऐरावती गाउँपालिका भित्रका बालबालिकालाई पाेषण आहार वितरण गरिएको छ ।
राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष तथा बलियो नेपाल संस्थाका अध्यक्ष डा. गोबिन्दराज पोखरेलको पहलमा ६ महिना माथी २३ महिना मुनिका बालबालिकाहरुलाइ पोषण युक्त आहार वितरण गरिएको हो ।आज ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहको प्रमुख आतिथ्यतामा ऐरावती गाउँपालिका वडा नम्बर ४ र ५ का ९९ बालबालिकालाई पाेषण आहार वितरण गरिएको वडा न ५ का वडाअध्यक्ष चन्द्रबहादुर रोकामगरले जानकारी दिनुभयो ।
त्यस्तै मंगलबार बलियो नेपाल संस्थाका अध्यक्ष डा. पोखरेलकै पहलमा ऐरावती गाउँपालिका वडा न-२ बरौलाका ६९ जना बालबालिकाहरुलाइ पोषण युत्त आहार वितरण गरियको थियो । बालबालिकालाई कुपोषण हुन नदिनका लागि उक्त सामाग्री वितरण गरिएको हो । प्रत्येक बालबालिकालाई सर्बोतम पिठो र माल्टो जिङ्ग वितरण गरिएको हो ।
ऐरावतीका बालबालिकालाई पाेषण आहार वितरण
ऐरावतीका बालबालिकालाई पाेषण आहार वितरण
Advertisement
तपाईको प्रतिक्रिया