कामना डेली, प्युठान। प्युठानको मल्लरानी गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ ।
खलंगा सरोकार समूहले खलंगामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, धरमपानी स्वास्थ्य केन्द्र र प्यूठान आयूर्वेद स्वास्थ्य केन्द्रलाई ७९ हजार रुपियाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको समूहका संयोजक मनोज कुमार श्रेष्ठले जानकारी दिए । स्वास्थ्य सामाग्री प्रदान गर्दै श्रेष्ठले यी सामाग्रीले स्वाथ्यकर्मीको मनोबल उच्च बनाउनुका साथै कोराना नियत्रणमा केही भूमीका खेल्नेमा विश्वास लिए।
श्रेष्ठका अनुसार स्वर्गद्धारी महाप्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्यूठान काठमाण्डौँ नेवा समाज, खलंगा निवासी हाल काठमाण्डौँमा बस्दै आएका राजमणी श्रेष्ठ र प्यूठान नगरपालिका ४ थापडाँडा हाल बुटवल निवासी दिनेश श्रेष्ठले गरेको कुल ७९ हजार ३ सय ९ रुपैयाँ बरावरको स्वास्थ्य सामग्री स्वास्थ्य संस्थाहरुलाई प्रदान गरिएको हो । पिपिइ सेट, ग्लोब्स, फेसशिल्ड, सेनिटाइजर, सिरिञ्ज, एन ९५ मास्क, अटोमेटिक टच फ्रि ह्याण्ड सेनिटाइजर लगाएतका सामग्री हस्तान्तरण गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।