जनकराज भट्टराई, पाल्पा। पाल्पाका शिक्षकहरुलाई कोभिड –१९ बिरुद्वको खोप दिइने भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओम प्रकाश पन्थीले शिक्षकहरुलाई पनि भोलि शनिवार देखि कोभिड–१९ विरुद्धको खोप दिइने बताएका छन् ।
पन्थीका अनुसार जिल्लाकै १० ओटै स्थानीय तहका ५० बर्ष मुनिका कुल ४ हजार २ सय २७ जना शिक्षक कर्मचारीहरूलाई शनिवार देखि भेरोसेल खोप दिन लागिएको जानकारी दिए ।
Advertisement
सरकारले आफुहरुलाई खोपको प्राथमिक्तामा नराखेको भन्दै पाल्पाका शिक्षकहरु आन्दोलित भएका थिए। खोप पाउने भएपछी यश अघि घोषणा भएका सबै आन्दोलनका कार्यक्रम समेत स्थगित गरिएको नेपाल राष्ट्रीय शिक्षक संगठन पाल्पाका अध्यक्ष राम प्रसाद ढकाल जानकारी दिए।