अर्घाखाँचीमा १४ दिन लकडाउन हुने

अर्घाखाँची। कोरोना संक्रमण बढेपछि अर्घाखाँचीमा पुन : दुई साता लकडाउन हुने भएको छ।
प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा आज बिहिबार बसेको सर्बपक्षिय बैठकले साउन १६ गते राती १२ बजे देखि लागू  हुने गरि साउन ३० गतेसम्म जिल्लालाई पुर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो। लकडाउनलाई कडाईका साथ कार्यान्वयन गर्ने समेत बैठकको निर्णय छ।
लकडाउन अबधीमा सरकारी तथा गैरसरकारी, बैंक तथा बित्तीय संस्था सार्बजनिक तथा निजि यातायातका साधन पुर्ण रुपमा बन्द रहने छन् । खाद्यान्न पसलहरु सुरक्षा मापदण्ड अपनाएर बिहान ६ देखि ९ बजे सम्म मात्रै खुल्ला गर्ने निर्णय भएको प्रजिअ पौडेलले जानकारी दिनुभयो। सरकारले अर्घाखाँची सहित १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...