घरेलु मदिरा सेवनबाट रोल्पाका चार मजदुरको मृत्यु, दुई जना गम्भीर

बाग्लुङ  । विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको विषाक्त मदिरा पिएर मृत्यु भएको हो ।स्थानीय भद्रबहादुर थापाले सञ्चालन गरेको मिलन किराना पसलमा घरेलु मदिरा खरिद गरी सेवन गरेका मध्ये रोल्पा सुनिल स्मृति गाउँपालिका ५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकृत डिएसपी इकवाल हलारीले जानकारी दिनुभयो ।

मदिरा पिएर गम्भीर बिरामी ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरी अस्पालमा उपचार भइरहेको छ । सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका उनीहरु गम्भीर बिरामी परेका थिए ।

मदिरा सेवनपछि बिरामी परेका उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका  प्रहरी नायब उपरीक्षक  हवारीले जानकारी दिनुभयो ।

मदिरा सेवनपछि बिरामी परेका रोल्पा सुनिलस्मृति गाउँपालिका– ५ गजुलका ३८ बर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ । दुई जनाको डाइलासिस कक्षमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बि। पोखरेलले जानकारी दिनुभयो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । मदिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...