लालपुर्जा हातमा, खेत खोलामा : बर्सेनि कटानले झिमरुक उपत्यका असुरक्षित

कामनाडेली, प्युठान । मल्लरानी गाउपालिका –४ पाण्डेडाडाका ७८ बर्षिय डोर बहादुर पाण्डेको ४ रोपनी खेत नदीले कटान गरेर बगर बनेको छ । तीनबाली लाग्ने खेत खोला पसेर बगर बनेपछि जग्गाको लालपुर्जा हेरेर मन बुझाउनु बाहेक उहाँस्ंग उपाए छैन् ।
“ हातमा लालपुर्जा छ, खेत खोलामा, खेती खान पाएका छैनौ। परिवार कसरी पाल्नु ?’पाण्डेले भन्नुभयो।
कहिले तटबन्ध होला र जग्गा निस्केला भन्ने आशाले तिरो बुझाउने गरेको पाण्डेले बताउनुभयो।

यसै स्थानका देव बहादुर बस्नेतको खेत पनि अहिले नदीमा पर्छ ।‘पहिले खेती गरिरहेको जग्गामा अहिले खोला बगिरहेको छ । बस्नेतको गुनासो छ, २५ वर्ष भयो,पुर्जा साथमा छ तर, खेतमा खोला बगिरहेको छ ।

बस्नेतका अनुसार मल्लरानी –४ को बाँसाफाँटमा झण्डै ५० घरपरिवारको खेत बाढीले बगाएको छ। ’नदी तटबन्धको लागी धेरै पटक योजना माग्यौं । तर, हाम्रो तिर कार्यक्रमनै पर्दैन । पहुँच नपुगेर त होला ।’ उहाँले गुनासो गर्नुभयो।

बिजुवार–खलंगा जोड्ने झिमरुक नदीको पुलबाट जुम्रीखोला मिसिने क्षेत्रसम्म तटबन्ध गरे फाँट बचाउन सकिने उहाहरुले बताउनुभयो।
जिल्लाको ठूलाबेसीदेखि बरौलासम्मको हजारौँ हेक्टर उर्वर भुमी बर्सेनी कटान हुने गरेको छ।

प्युठान नगरपालिकाले झिमरुकमा प्रत्येक बर्ष तटबन्ध लगाउने र खेतीयोग्य जमिन उकास्ने काम गरिरहेको नगर प्रमुख अर्जुन कुमार कक्षपतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ’हामीले खेतीयोग्य जग्गा संरक्षणलाई प्राथमिक्ता दिएका छौँ, दिगो काम हुंदैछ।“
आफू निर्वाचित भएर आएपछी सरकारी स्तरबाट तटबन्धनका लागि ५५ करोड रुपियाँ खर्च भईसकेको कक्षपतीले बताउनुभयो।
यही अनुपातमा खेतीयोग्य जग्गा घट्ने क्रम जारी रहे प्युठानको अन्नभण्डार मानिने झिमरुक उपत्यकाको कृषि क्षेत्र नै संकटमा पर्न सक्ने कृषि विज्ञहरु बताउँछन ।

झिमरुक उपत्यकामा ठूलो बिपद निम्तने जोखिम

खोलाको कटानले झिमरुक तटिए क्षेत्रका ठुलाबेशी, दम्तीदेखि बाग्दुला र बिजुवार क्षेत्रका सयौँ घर असुरक्षित बन्दै गएका छन।
बाग्दुलाका बासुदेव थापाले खलगाँ जाने पक्की पुलभन्दा माथीबाट खोलाले बाँध भत्काएर बजारमा पस्ने जोखिम रहेको बताउनुभयो।

पहिला नदी बगेको ठाउँमा अहिले घना बस्ती छ । घर थपिदै गएका छन । सिरानबाट बगेको माटोको लेदोले नदीको सतह उकासिएको छ। अहिले फाँट र खोला लगभग बराबर जस्तै भइसकेको बस्नेतले बताउनुभयो। फाँट भन्दा नदि बढिमा २÷३ मिटर तल छ। खोलो थुनिएर आयो भने ठूलो बिपद निम्तन सक्ने बस्नेतको भनाई छ।

विगतमा खोला बग्ने गरेको स्थानमै प्युठान नगरपालिकाको भवन, बृद्वाआश्रम, खेलकुद मैदान र टिकुरी बसपार्कको भवन बनाइएको स्थानियले बताएका छन ।
आजको गोरखापत्र दैनिकमा सलिम मियाँले समाचार लेख्नुभएको छ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...