राष्ट्रिय युवा संघ प्युठानद्वारा वृक्षरोपण

टु आर क्षेत्री, प्युठान । राष्ट्रिय युवा संघ नेपाल प्युठानले विजुवारमा वृक्षरोपण गरेको छ ।

संघको आयोजना र जिल्ला युवा समिती प्युठानको सहयोगमा आज प्युठान नगरपालिका ४ बिजुवार हल्दिखोला र जिल्ला पार्टी कार्यालय वरिपरी कागतीको बेर्ना बृक्षारोपण गरिएको युवा संघ नेपाल प्युठानका जिल्ला संयोजक विषेक थापाले जानकारी दिनुभयो । युवासंघले जिल्लाका सबै स्थानीय तहमा बृक्षारोपण गर्ने थापाले बताउनुभयो।
संघले वृहत् राष्ट्रिय वृक्षारोपण कार्यक्रम २०७८ अन्तरगत सोमवार सो ठाउमा बृक्षारोपण गरेको हो।

बृक्षारोपण कार्यक्रममा प्युठान नगरपालिका ४ का वडा अध्यक्ष लक्ष्मी राज भन्डारी, अनेरास्ववियु जिल्ला अध्यक्ष जाल ब के.सि, नेकपा एमाले जिल्ला कमिटि प्युठानका सदस्य आकाश भन्डारी, युबा संघका केन्द्रिय सचिवालय सदस्य मुक्ती पोख्रेल, सुरज रोका मगर, केन्द्रिय सदस्य ध्रुव बिष्ट, महेश पान्डे लगायतको उपस्थिती रहेको थियो ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...