तिनाउ र बबई नदीका तटीय क्षेत्रमा डुबानको जोखिम

काठमाडौं । लगातारको वर्षाले गर्दा बाढी र पहिरोको जोखिम बढेसँगै तिनाउ र बबई नदीका तटीय क्षेत्रमा डुबानको जोखिम थप बढेको छ ।

जल तथा मौसम विज्ञान विभागले गएरातीदेखि भारी वर्षा भएकाले तिनाउ र बबई नदीमा बाढी आउन सक्ने अनुमान गरेको छ । त्यसकारण सतर्क हुन विभागले आग्रह गरेको छ ।

नदीमा बाढी आउन सक्ने भएकाले सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तिनाउ र बबई तथा यिनका सहायक नदीहरुमा बहाब बढ्ने र केही साना नदीमा आकस्मिक बहाब भई डुबान हुन सक्ने भएकाले सतर्क हुन महाशाखाले आग्रह गरेको हो ।

साथै बहाब बढ्ने र बाढीको सम्भावना रहेका नदीबारे महाशाखाले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...