सर्पको टोकाइबाट बालिकाको मृत्यु

दाङ। दाङको देउखुरीमा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ ।
गढवा गाउँपालिका-७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहराको मृत्यु भएको लमही अस्पतालले जनाएको छ । सर्पको टोकाइले अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि लमही अस्पताल लगिएको थियो ।

बिहान गोठमा पराल लिन गएको बेला उनलाई गोमन सर्पले टोकेको थियो ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...