कुटपिटबाट एक जनाको मृत्यु, ७ जना घाइते

बुटवल। रुपन्देहीको कोटहीमाई गाउँपालिका–२ कालवारीमा बच्चाले झगडा गरेको विषयलाई लिएर छिमेकीबिच कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीय साधु यादवको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि भिम अस्पताल भैरहवा पठाएकोमा साधुको उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटमा घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये ५ जनाको अवस्था मध्यम रहेको छ भने २ जनाको सामान्य रहको छ । कुटपिटमा संलग्न ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...