नैकापमा ढिस्कोले पुरिएर २ को मृत्यु, २ जना घाइते

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा ढिस्कोले परिँद २ जनाको मृत्यु भएको छ ।

वुधबार पर्खाल लगाउने क्रममा ढिस्को खस्दा २ जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा उदयपुर बेलका–८ घर भएकी ३५ वर्षिया सीता राई र मकवानपुर राङसिराङ गाउँपालिका–९ घर भएका २० वर्षिय टेकबहादुर चेपाङ छन् ।

त्यस्तै, पर्खालले थिचेर २ जना घाइते भएका छन् ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...