प्युठानमा सङ्क्रमित र निको हुने संख्या बराबर

राम बहादुर बिश्वकर्मा, प्युठान। प्युठानमा पछिल्लो २४ घण्टाको कोरोना भाइरस (कोभिड–१९) को विवरणमा सङ्क्रमित हुने र निको हुनेको सङ्ख्या बराबरी देखिएको छ ।
स्वास्थ्य कार्यालय प्युठानको तथ्याङ्कमा सङ्क्रमित र निको हुनेको संख्या बराबरी छ । प्युठानमा आज ४२ जना संक्रमित थपिदा ४२ जना निको भएर घर फर्किएका छन ।

योसहित प्युठानमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९९ पुगेको छ।
निको हुनेको संख्या भने २ हजार १ सय ९७ पुगेको स्वास्थ्य कार्यालय प्युठानले बताएको हो ।
शनिबार सम्म प्युठानमा सक्रिय सङ्क्रमित ३ सय ५४ जना छन । हालसम्म कोरोना संक्रमणबाट जिल्लामा ४७ जनाको मृत्यु भईसकेको छ।

 

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...