गाउँ गाउँमा कोरोना संक्रमित खोज्ने अभियान सुरु

सल्यान । सल्यानको शारदा नगरपालिकाले आफ्ना १५ वटै वडामा कोरोना भाइरसका संक्रमित खोज अभियान सुरु गरेको छ । जिल्लामा कोरोना भाइरस तिव्र रुपमा फैलिरहेको अवस्थामा संक्रमण रोकथाम गर्न र उनीहरुको अवस्था पनि थाहाँ पाउन सकिने भएकाले नगरपालिकाले सो अभियान सुरु गरेको हो ।

नगरपालिकाले अहिले एनटिजन विधि बाट कोरोना परिक्षण गर्दै आएको छ । कोरोनासंग मिल्दो जुल्दो लक्षण भएका बिरामीहरुलाई टोल स्तरमा नै गएर चेक जाँच गर्ने र कोरोना संक्रमण फैलन नदिनको लागि यो अभियान संचालन गरिएको सारदा नगरपालिका सल्यानका मेयर सुरेश अधिकारी बताएका छन् ।

कोरोना रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले नगरका प्रत्येक वडामा वडा अध्यक्ष, महिला स्वय सेविका, शिक्षक लगाएत संग समन्वय गरेर कामहरु गरिरहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंकर पाठकले बताए।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...