लम्जुङमा भूकम्प : क्षतिको विवरण आउने क्रम जारी

लमजुुुङ।  आज विहानै गएको भूकम्पले गरेको क्षतिको विवरण आउने क्रम जारी रहेको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पमा घर भत्किँदा ६ जना घाइते भएको तथ्याङ्क छ।

अहिलेसम्म २७ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । भूकम्पमा घाइते भएका ४ जना स्थानीय अस्पतालमा उपचार गरेर घर फर्कीसकेका छन्। अर्का एक जना घाइतेलाई भरतपुर अस्पतालमा लगिएको छ भने एक जनाको स्थानीय अस्पतालमा उपचार जारी छ।

लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेट ५.८ रिक्टर स्केलको भूकम्प गएको थियो। बिहान ८ बजेर २६ मिनेटमा दोस्रोपटक ५.३ रिक्टर स्केलको पराकम्प गएको थियो।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...