उद्योगपति बुढाथोकिद्धारा प्रतिष्ठानलाई ३० सिलिन्डर अक्सिजन सहयोग गरिदैं

घोराहि । दाङमा राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहिलाई ३० थान अक्सिजन सहयोग गर्न लागिएको छ । प्रतिष्ठित ब्यबसायि , उद्योगपति तथा दाङ जिल्ला उद्योग बाणिँज्य संघका पुर्व उद्योग उपाध्यक्ष खड्ग बुढाथाकिले राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सहयोग स्वरुप ३० थान अक्सिजन सिलिन्डर सहयोग गर्न लाग्नुभएको हो । अक्सिजन अभावका कारण थुप्रै कोरोना संक्रमितले ज्यान गुमाइरहेको अबस्थालाई मध्यनजर गर्दै प्रतिष्ठानको आइशोलेसनमा उपचाररत बिरामिको लागि उक्त अक्सिजन सहयोग गर्न लागीएको उद्योगपति बुढाथोकिले बताउनुभयो । बिभिन्न समाजसेवामा सक्रिय बुढाथोकिले आफ्नो ब्यक्तिगत रुपमा ३० थान अक्सिजन सहयोग गर्न लाग्नुभएको हो। कोरोना महामारी चलिरहेको बेला कोहि पनि कोरोना संक्रमणले ज्यान गुमाउन नपरोस भनि सहयोग गर्न लागेको पनि उहाँको भनाई छ ।प्रतिष्ठानमा रहेर महामारीसंग लडिरहेका र महामारीबाट बचाउन संघर्ष गरीरहेका स्वाथ्यकर्मिहरुको लागि उद्योगपति बुढाथोकि प्रबन्ध निर्देशक रहेको सञ्जिवनि कलेजले आज बाट २ महिना सम्म खमजम खर्च ब्यहोर्ने भएको छ । आजै बसेको प्रालिको बैठकले यस्तो निर्णय गरेको हो ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...