• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

जेनजी आन्दोलनमा षड्यन्त्रपूर्वक संरचना ध्वस्त पारियो : गौतम

कांग्रेस गुल्मीका कार्यकर्ताद्वारा विशेष महाधिवेशनको माग

संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि

लेकवेशीमा सरकारी गाडी कार्यालयमै राख्नुपर्ने

युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

वडाध्यक्षद्वारा प्रिन्टर र इलेक्ट्रोनिक हाजिरी मेसिन तोडफोड

लोकप्रिय समाचार

  • १. धुलो टकटकाउँदै फेरि उठ्नेछौं

  • २. लुम्बिनी प्रदेश : संविधान दिवस मनाइने

  • ३. गुल्मीमा बिषालु च्याउ खाँदा एकै परिवारका ५ सहित ६ जना बिरामी

  • ४. जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

  • ५. संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

  • ६. सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • ७. दाङमा एनआईसी एसिया बैंक सिसहनियाँ शाखामा नक्कली नोट फेला

  • ८. संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि

  • ९. अवैध लागूऔषधसहित पाँच जना पक्राउ

  • १०. वडाध्यक्षद्वारा प्रिन्टर र इलेक्ट्रोनिक हाजिरी मेसिन तोडफोड

संक्रमितका लागि प्लाज्मा जुटाउने माधवी


  •   बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित
  • नेपालगञ्ज – नेपालगञ्जमा कोरोनाको महामारी छ। पछिल्लो समय दिनमा १० जनाको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ।स्थानीय प्रशासनले निषेधाज्ञा लगाएर सकेसम्म जनतालाई घरभित्रै बसाइरहेको छ। त्रासले गर्दा पनि धेरै मानिस बाहिर निस्केका छैनन्।

    Advertisement

    नेपालगञ्ज–१२, कोरियनपुरकी माधवी शाहलाई घरमा बस्ने फुर्सद छैन । उनको दौडधुप रेडक्रसको रक्तसञ्चार, अस्पताल र पीसीआर ल्याबमा हुने गरेको छ।कोरोना लागेर सन्चो भएका व्यक्तिको नाम लिस्ट खोजेर उनीहरूलाई प्लाज्मा दिन ‘कन्भिन्स’ गराउनु माधवीलाई अझ ठूलो चुनौती हुने गरेको छ।

    शाह शिक्षिका हुन्। डुडुवाको सरस्वती मावि, भंगोट्नामा पढाउँछिन्। स्कुल चल्दा बिहान र बेलुकाको समयमा प्लाज्मा व्यवस्थापनमा लागेकी उनी स्कुल बिदा भएकाले अहिले पूरै समय यसमै लागेकी छन्।

    के दिन, के रात। कोरोनाका सिकिस्त बिरामीलाई प्लाज्मा आवश्यक पर्दा सम्पर्क गर्ने व्यक्ति भनेकै शाह हुन्।  शाहले पनि सकेसम्म प्लाज्मा माग्नेलाई रित्तो हात फर्काएकी छैनन्।

    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज बहादुर वली, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीसँग कोरोना पुष्टि भएको, डिस्चार्ज भएको मितिसमेत राखेर शाहले नाम लिस्ट उतार्ने गर्छिन्। बिरामीलाई प्लाज्मा चाहिए पछि शाहले त्यही निको भएकाहरूलाई सम्पर्क गरेर प्लाज्मा दिन लगाउँछिन्।

    प्लाज्मा चाहियो भनेपछि शाह जसरी पनि व्यवस्थापन गर्न कुदि हाल्छिन्, दिन होस् या रात। शाह भन्छिन्, ‘प्लाज्मा व्यवस्थापन गरेर बिरामी निको भएर जाँदा मलाई संसार नै जितेको जस्तो आनन्द लाग्छ।’प्लाज्मा व्यवस्थापन गर्नु सहज भने छैन। प्लाज्मा चाहियो भनेर फोन आएपछि शाहले निको भइ सकेकाको नाम लिस्ट हेर्छिन्।

    २८ दिन पुगेकाहरू खोज्छिन्। एन्टीबडी कति छ जाँच गराउँछिन्। निको भइसकेकालाई प्लाज्मा दिन मनाउन चाहिँ गाह्रै हुने गरेको छ। पटक–पटक फोन गर्छिन्, मनाउने प्रयास गर्छिन्। कोही पहिलो पटकमै मानिहाल्छन्, कोही रिसाउँछन्। रिसाउनेलाई मनाउन पटक–पटक फोन गर्छिन्। शाह भन्छिन्, ‘केहीले त गाली नै गर्छन्। तैपनि, राजी गराउने प्रयास गरि रहन्छु। अन्तिममा मान्छन् र प्लाज्मा दिन्छन्।’

    वैशाखमा मात्रै शाहले ३१ जनालाई प्लाज्मा व्यवस्थापन गरेकी छन्। शुक्रबार अपराह्ण डा. राजन पाण्डे र कमल धमाला प्लाज्मा दिँदै थिए। ३५ पटक बढी रक्तदान गरिसकेका डा. पाण्डेले प्लाज्मा दिँदै भने, ‘कसैको ज्यान बच्छ भने रगत दिनुपर्छ। यो मानवीय सेवा नै हो।’

    शाह आफूले कोरोना जितिसकेकी छन्। २०७७ देखि शाह प्लाज्मा व्यवस्थापनमा लागेकी हुन्। पहिलो चरणमा शाहले एक सय ८० जना बढीलाई प्लाज्मा व्यवस्थापन गरि सकेकी छन्। शाहले दाङ, काठमाडौँ सम्म प्लाज्मा पठाउँछिन्।

    ‘सेवा नै धर्म हो।’ मान्छेले विभिन्न किसिमका सेवा गरेर समाजलाई गुन लगाइरहेका हुन्छन्। शाहको प्लाज्मा व्यवस्थापनको कार्यले धेरैको ज्यान बचाएको छ।

    बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    विराटनगरले पायो छैटौं प्रधानमन्त्री
    जागीर छोडेर गाउँमै बाख्रापालनमा सफलता पाएका रविन्द्र
    लुम्बिनी–गण्डकी मुख्यमन्त्रीस्तरीय बैठक : सहकार्यका ९ निर्णय पारित
    लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक : राजधानी क्षेत्रको जग्गा शर्तसहित फुकुवा गर्ने निर्णय
    संस्थागत क्षमतामा सरुमारानी जिल्लाकै नम्बर १

    लोकप्रिय

    • १.
      धुलो टकटकाउँदै फेरि उठ्नेछौं

    • २.
      लुम्बिनी प्रदेश : संविधान दिवस मनाइने

    • ३.
      गुल्मीमा बिषालु च्याउ खाँदा एकै परिवारका ५

    • ४.
      जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

    • ५.
      संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

    • ६.
      सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    भर्खरै

    • १.
      न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

    • २.
      जेनजी आन्दोलनमा षड्यन्त्रपूर्वक संरचना ध्वस्त पारियो : गौतम

    • ३.
      कांग्रेस गुल्मीका कार्यकर्ताद्वारा विशेष महाधिवेशनको माग

    • ४.
      संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि

    • ५.
      लेकवेशीमा सरकारी गाडी कार्यालयमै राख्नुपर्ने

    • ६.
      युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य

    • ७.
      संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

    • ८.
      जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation