• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, साउन ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ५. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ६. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

संक्रमितका लागि प्लाज्मा जुटाउने माधवी


  •   बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित
  • नेपालगञ्ज – नेपालगञ्जमा कोरोनाको महामारी छ। पछिल्लो समय दिनमा १० जनाको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ।स्थानीय प्रशासनले निषेधाज्ञा लगाएर सकेसम्म जनतालाई घरभित्रै बसाइरहेको छ। त्रासले गर्दा पनि धेरै मानिस बाहिर निस्केका छैनन्।

    Advertisement

    नेपालगञ्ज–१२, कोरियनपुरकी माधवी शाहलाई घरमा बस्ने फुर्सद छैन । उनको दौडधुप रेडक्रसको रक्तसञ्चार, अस्पताल र पीसीआर ल्याबमा हुने गरेको छ।कोरोना लागेर सन्चो भएका व्यक्तिको नाम लिस्ट खोजेर उनीहरूलाई प्लाज्मा दिन ‘कन्भिन्स’ गराउनु माधवीलाई अझ ठूलो चुनौती हुने गरेको छ।

    शाह शिक्षिका हुन्। डुडुवाको सरस्वती मावि, भंगोट्नामा पढाउँछिन्। स्कुल चल्दा बिहान र बेलुकाको समयमा प्लाज्मा व्यवस्थापनमा लागेकी उनी स्कुल बिदा भएकाले अहिले पूरै समय यसमै लागेकी छन्।

    के दिन, के रात। कोरोनाका सिकिस्त बिरामीलाई प्लाज्मा आवश्यक पर्दा सम्पर्क गर्ने व्यक्ति भनेकै शाह हुन्।  शाहले पनि सकेसम्म प्लाज्मा माग्नेलाई रित्तो हात फर्काएकी छैनन्।

    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेज बहादुर वली, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीसँग कोरोना पुष्टि भएको, डिस्चार्ज भएको मितिसमेत राखेर शाहले नाम लिस्ट उतार्ने गर्छिन्। बिरामीलाई प्लाज्मा चाहिए पछि शाहले त्यही निको भएकाहरूलाई सम्पर्क गरेर प्लाज्मा दिन लगाउँछिन्।

    प्लाज्मा चाहियो भनेपछि शाह जसरी पनि व्यवस्थापन गर्न कुदि हाल्छिन्, दिन होस् या रात। शाह भन्छिन्, ‘प्लाज्मा व्यवस्थापन गरेर बिरामी निको भएर जाँदा मलाई संसार नै जितेको जस्तो आनन्द लाग्छ।’प्लाज्मा व्यवस्थापन गर्नु सहज भने छैन। प्लाज्मा चाहियो भनेर फोन आएपछि शाहले निको भइ सकेकाको नाम लिस्ट हेर्छिन्।

    २८ दिन पुगेकाहरू खोज्छिन्। एन्टीबडी कति छ जाँच गराउँछिन्। निको भइसकेकालाई प्लाज्मा दिन मनाउन चाहिँ गाह्रै हुने गरेको छ। पटक–पटक फोन गर्छिन्, मनाउने प्रयास गर्छिन्। कोही पहिलो पटकमै मानिहाल्छन्, कोही रिसाउँछन्। रिसाउनेलाई मनाउन पटक–पटक फोन गर्छिन्। शाह भन्छिन्, ‘केहीले त गाली नै गर्छन्। तैपनि, राजी गराउने प्रयास गरि रहन्छु। अन्तिममा मान्छन् र प्लाज्मा दिन्छन्।’

    वैशाखमा मात्रै शाहले ३१ जनालाई प्लाज्मा व्यवस्थापन गरेकी छन्। शुक्रबार अपराह्ण डा. राजन पाण्डे र कमल धमाला प्लाज्मा दिँदै थिए। ३५ पटक बढी रक्तदान गरिसकेका डा. पाण्डेले प्लाज्मा दिँदै भने, ‘कसैको ज्यान बच्छ भने रगत दिनुपर्छ। यो मानवीय सेवा नै हो।’

    शाह आफूले कोरोना जितिसकेकी छन्। २०७७ देखि शाह प्लाज्मा व्यवस्थापनमा लागेकी हुन्। पहिलो चरणमा शाहले एक सय ८० जना बढीलाई प्लाज्मा व्यवस्थापन गरि सकेकी छन्। शाहले दाङ, काठमाडौँ सम्म प्लाज्मा पठाउँछिन्।

    ‘सेवा नै धर्म हो।’ मान्छेले विभिन्न किसिमका सेवा गरेर समाजलाई गुन लगाइरहेका हुन्छन्। शाहको प्लाज्मा व्यवस्थापनको कार्यले धेरैको ज्यान बचाएको छ।

    बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट
    आचार्य नै रहने भए लुम्बिनीका मुख्यमन्त्री
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ५.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ६.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    भर्खरै

    • १.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • २.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ३.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ४.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ६.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ७.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ८.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation