विपत व्यवस्थापन कोषलाई व्यवसायीले दिए २० हजार सहयोग

देवदह । रुपन्देहीको देवदह नगरपालिका – ७ का व्यवसायी सि.पी बस्यालले देवदह नगरपालिकाको विपत व्यवस्थापन कोषलाई २० हजार रुपैयाँ सहयोग गरेका छन् ।
कोरोना संक्रमितको उपचारका लागि बस्यालले आर्थिक सहयोग गरेका हुन। राहत रकमको चेक सि.पि बस्याल एण्ड एसोसियट्सका रजिस्टार अडिटर बस्यालले सोमबार देवदह नगरपालिकाको कार्यवाहक नगर प्रमुख बिद्या लक्ष्मी गुरुङलाई प्रदान गरेका हुन् ।
बस्यालले आफ्नो पेशा लेखापरीक्षणबाट प्राप्त हुन आएको रकम मध्ये सामाजिक सेवाका लागी उक्त रकम राहत कोषलाई दिएको बताए । यस्तो महामारीको बेला सहयोग गर्नु नागरिक कर्तव्य हुने भएकाले जम्मा बीस हजार रुपियाँ नगरपालिकालाई प्रदान गरेको बस्यालको भनाई छ।विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उद्दारका लागि नगरपालिकाले विपत व्यवस्थापन कोष स्थापना गरेको छ ।

कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...