रुकुमा तालमा डुबेर एक जनाको मृत्यु

रुकुम। रुकुम पश्चिममा तालमा डुबेर एक किशोरको मृत्यु भएको छ। सानिभेरी गाउँपालिका वडा नम्बर ११ पेदिखोलाका १५ वर्षीय रुपलाल खड्काको आज तालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरबाट बाख्रा चराउन गएको समयमा सिम्ली खोला स्थित अधेरे भन्ने ठाउँमा रहेको तालमा पौडी खेल्ने क्रममा खड्काको मृत्यु भएको हो। पौडी लेख्न तालमा गएका उनी धेरै समय नआएपछि उनका साथीले आफन्तलाई खबर गरेका थिए । उनको शव अहिले निकालिएको प्रहरीले जनाएको छ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...