कपिलवस्तुमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

कपिलवस्तु । कोरोना भाइरस संक्रमणले मंगलबार बिहान थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका–७ का ३७ वर्षीय पुरुष र वाणगंगा नगरपालिका–७ का ३९ वर्षीय पुरुष रहनु भएको छ।

शिवराज नगरपालिकाका पुरुष उपचारका लागि ४ दिनअघि अस्पताल भर्ना हुनु भएको थियो। वाणगंगा नगरपालिकाका पुरुष भने २ दिनअघि उपचारका लागि अस्पताल भर्ना हुनु भएको थियो ।
दुवै जनाको बुटवलस्थित धागो कारखानामा रहेको कोरोना अस्थायी अस्पतालमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालयको कोरोना फोकल पर्सन उमेश घिमिरेले बताउनु भयो ।

जिल्लामा कोभिड–१९ को संक्रमणले मृत्यु हुनेको संख्या ५३ पुगेको छ । जिल्लामा सोमबार साँझसम्म सक्रिय संक्रमित ७ सय २५ पुगको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...