• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

गंगादेव गाउँपालिकामा एकै दिन ४२ जनामा कोरोना पुष्टि


  •   शुक्रबार, बैशाख १७, २०७८ मा प्रकाशित
  • रोल्पा ।  गंगादेव गाउँपालिकामा एकैदिन ४२ जनालाई आज कोरोना पोजिटिभ देखिएको छ । एकै पटक गरिएको परीक्षणमा धेरै संख्यामा कोरोना सङ्क्रमित पुष्टि भएको यो जिल्लामा पहिलो पटक हो ।
    गाउँपालिकाबाट ४३ जनाको स्वाब सङ्कलन गरी भैरहवा पठाइएकोमा पीसीआर जाँच गर्दा शुक्रबार ४२ जनालाई पोजिटिभ देखिएको हो । पोजिटिभ हुनेहरुमा गाउँपालिकाका कर्मचारी, केही जनप्रतिनिधि र पालिका अवस्थित स्थानीय रहेको गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले बताउनुभयो ।
    गाउँपालिकाको लेखा अधिकृत र एक स्थानीय टेलरलाई कोरोना देखिएको थियो । सुरुमा कोरोना पोजिटिभ देखिएकाको कन्ट्याक्टमा रहेका गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र स्थानीय गरी ४३ जनाको स्वाब सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो । स्वाब परीक्षणबाट सबै जसोलाई पोजेटिभ देखिएपछि गाउँमा त्रास फैलिएको छ । गाउँपालिका उपाध्यक्ष, ३ नं. वडाअध्यक्ष, विभिन्न विषयगत शाखाका कर्मचारी र स्थानीयको स्वाब परीक्षण गरिएको गाउँपालिकाले बताएको छ । गाउँपालिकामा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाको कार्यालय र २ नं. वडा कार्यालय वैशाख १२ गतेदेखि नै सिल गरिएको थियो ।

    Advertisement

    गाउँपालिकामा गाउँपालिका कार्यालय, सबै वडा कार्यालय र विद्यालय बन्द भएका छन् । कोरोना पोजेटिभ देखिएकाहरु मध्ये कतिपयमा रुघाखोकी, हाछ्यू र ज्वोरो आउने लक्षण देखिएपनि कतिपयमा कुनै लक्षण देखिएको गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले बताउनुभयो । कोरोना भाइरसको दुई चरणका खोप लगाएका व्यक्तिमा पनि पोजिटिभ देखिएको छ । भाइरस सङ्क्रमितहरु आ–आफ्नो घर, कोठा र क्वार्टरमा आइसोलेसनमा बसिरहेका छन् । कोरोनाको खोप लगाइदिन खटिएका स्वास्थ्यकर्मीमा पनि कोरोना पोजिटिभ देखिएको छ । दोस्रो चरणको खोप लगाई दिन खटिएका स्वास्थ्यकर्मीलाई पनि पोजेटिभ देखिएको छ । समुदायमै कोरोना फैलिसकेको अनुमान सरोकारवाला निकायहरुले गरेका छन् । कोरोना पोजेटिभ देखिएका ४३ जनासँग गाउँपालिकाका धेरै सेवाग्राही समेत कन्ट्याक्टमा रहेका छन् । ४२ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब परीक्षण गर्नेतर्फ पहल गरिरहेको गाउँपालिका अध्यक्षको भनाइ छ ।
    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सङ्क्रमणबाट जोगाउन सूचना जारी गरेको छ । जिल्ला प्रवेश नाका खुंग्री र होलेरीमा हेल्थ डेस्क व्यवस्था गरिएको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भीडभाड नगर्न र स्वास्थ्यको मापदण्ड पालना गर्ने गरी निर्णय सार्वजनिक गरेका छन् । जिल्लाका सबै विद्यालय बन्द छन् । पूर्व निर्धारित सबै परीक्षा स्थगित गरिएका छन् । दश वटा पालिकामा कम्तिमा एउटा आइसोलेसन केन्द्र संचालन गर्न भनिएपनि त्यस अनुरुप कार्य हुन सकिरहेको छैन् । वैदेशिक मुलुक भारत र सहरी क्षेत्रबाट गाउँ फर्किएका समेत क्वारेन्टाइनमा बसेका छैनन् । कोरोना लक्षण सहितका विरामी स्वास्थ्य संस्थामा पुगेपनि स्वाब संकलन गर्ने व्यवस्था नगरेको भन्दै नागरिकबाट गुनासो व्यक्त गरेका छन् ।

    शुक्रबार, बैशाख १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation