प्यूठान । प्यूठानमा एकजना पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाको स्वर्गद्वारी नगरपालिका-४ का ५० वर्षीय एक पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
स्वास्थ्य कार्यालय प्यूठानका सुचना अधिकारी पुस्कल श्रेष्ठका अनुसार शवको पोष्ट मार्टमका लागि परीक्षण गर्दा ती पुरुषमा कोरोना पुष्टि भएकोहो।” मृत्यु भइसकेपछि परिक्षण गर्दा उहालाई कोरोना देखिएको हो ।” श्रेष्ठले भन्नुभयो।
Advertisement
भारतबाट रोजगारी गरी एक साता अघि घर फर्किएका ती पुरुषको बुधबार घरमै मृत्यु भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
योसँगै कोरोना संक्रमण पुष्टि भएर जिल्लामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।