उपचार अभावमा कोभिड संक्रमितको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका – ७ का ६० वर्षिय राम प्रसाद भुसालको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
रोजगारीको सिलसिलामा भारत गएका उनि गत चैत २९ गते भारतबाट घरमा आएका थिए । भारतबाट आएकाे केहि दिनपछि उनलाई ज्वरो आएको थियो । अस्वस्थ भएपछि उनि बैशाख ८ गते उपचारका लागि बुटवल लुम्बिनी अस्पतालमा गएका थिए । बैशाख ८ गते स्वाव जाँच गराएका उनको बैशाख ९ गते कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि लुम्बिनी अस्पतालमा उपचारका लागि वेड नपुगेपछि उनलाई पुःन घर ल्याईएको थियो ।

थप स्वास्थ्य बिग्रिदै गएपछि उनलाई (आज) मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको थियो । उनको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी बिजय बिकले जानकारी दिए ।

Sharing Now!

You might also like

Comments are closed.