कोरोना संक्रमण बढेपछि बुटवलमा परीक्षा रोक

रुपन्देही । बुटवल उपमहानगरले विद्यालयको परीक्षा संचालनमा रोक लगाएको छ । कोरोना भाईरसको नयाँ भेरिएन्टको संक्रमण बढ्दै गएपछि उपमहानगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्मका लागि बन्द गरिएको उपमहानगरद्वारा जारी सुचनामा उल्लेख गरिएको छ।

उपमहानगरले जारी गरिएको सूचनामा पूर्वनिर्धारित परीक्षाहरु समेत वैशाख मसान्तसम्मका लागि स्थगित गर्न भनेको छ । उपमहानगरको निर्णयले कक्षा ८ को पालिका स्तरीय परीक्षा समेत स्थगित गरेको छ ।

बन्द भएका बिद्यालयहरुले बैकल्पिक माध्यमबाट कक्षा लिनसक्ने नगरपालिकाको सूचनामा उल्लेख छ । उपमहानगरका अभिभावकरुलाई आ-आफ्ना बालबालिकालाई वैकल्पिक माध्यमबाट शिक्षा दिन तथा विद्यालयको नियमित प्रशासनिक कार्यलाई भने निरन्तरता दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...