• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ८. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ९. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • १०. लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

नेपालको  कम्युनिस्ट आन्दोलन र  उन्मादका बाछिटाहरु


  •   बिहिबार, बैशाख ०२, २०७८ मा प्रकाशित
  • सविन बस्नेत । २००६ सालमा स्थापित नेपाली कम्युनिस्ट पार्टीहरु आजका दिनसम्म आउदा निकै घुम्तीहरु र उकाली ओराली पार गरेको देखिन्छ । पुष्पलाल,केसरजंग,मनमोहन,मदन भण्डारी,माधव कुमार,केपि ओलि  ,निर्मल लामा,नर बहादुर कर्माचार्य ,मोहनबिक्रम,मोहन बैध ,पुष्पकमल गरि दुई हांगामा बिभाजित भएर अघि बढेको कम्युनिस्ट आन्दोलनका दुई शक्ति  २०७५ जेष्ठ ३ मा आएर समाहित  भएर अघि बढ्ने दुसाहस गरेका थियो ।हतपतको काम लतपत भयो । पबित्र उद्देश्य  माथी प्रहार भए । निकै दाउपेच र बाकयुद्द पश्चात्  २०७७ फल्गुन २३ को सर्बोच्च अदालतको निर्णयपछी नेकपाका कार्यकर्ताहरु एमाले र माओबादीका  क्याम्पमा फर्किएका छन । यद्यपि घर फर्किदा कोहि पनि संगलो  फर्किएको छैन । नेकपाभित्रको  जस्तै रापताप र अनिश्चितताको वातावरण  कायमै देखिएको छ ।
    मुलत शास्त्रीय कम्युनिस्टप्रती एकाग्रता भंग हुँदै गएको परिपेक्ष्यमा पार्टीको एकाधिकार र पार्टीमा पनि एउटा ब्यक्तिको सर्वोच्चता सम्भव छैन भन्ने महशुस गरेर नेकपा एमालेले  चौथो महाधिवेशनबाट बहुदलीय जनवाद र नवौ महाधिवेशनबाट आन्तरिक लोकतन्त्रको अभ्यास स्वरुप बहुपदिय नेतृत्व प्रणालीको अभ्यास गरेको देखिन्छ  ।तर पछिल्लो अभ्यास परिपक्क नहुदै र लामो समय एकछत्र महासचिव चलाएका माधव नेपालको नवौ महाधिवेशन को पराजयले पार्टीभित्रको बिबाद साम्य भएको थिएन ।प्रचण्डसंगको पार्टी एकताले भुसको आगो झै भित्रभित्रै सल्किरहने मौका पायो ।समयानुसार नयाँ चारित्रीक अभ्यासबाट खारिदै आएको एमालेले माओवाद अर्थात बल प्रयोगको सिद्धान्त रोजेका र परम्पराबादी कम्युनिस्टलाई समेत पछिल्लो कालमा जनताको बहुदलीय जनबाद मान्नैपर्ने बाटोमा ल्याएको थियो ।कम्युनिस्ट पार्टीलाइ नयाँ उचाइमा उठाउने क्रममा एकाधिकार वाद एंव सर्वहाराको अधिनायकत्व स्थापित गर्ने कुरालाइ प्रतिस्पर्धाद्वारा श्रेष्ठता हासिल गर्ने र बितरणलाइ न्यायपुर्ण गराउने बिधिद्वारा बिस्थापित गरिएको देखिन्छ  । जुन पुजीवादीहरुले लोककल्याणकारीको सिद्धान्तको रुपमा भजाउदै आएका छन । यो भनेको आधारभुत तहका जनताको गाँस,बाँस,कपास र मौलिक अधिकारलाइ सुनिश्चित गराउने मुल उद्देश्य नै हो ।कम्युनिस्ट आन्दोलनलाइ अन्ध राष्ट्रबादी,बिद्रोही,परम्परा बिरोधी  तत्वको रुपमा सोभियत संघको स्थापनादेखि बुझ्दै आएकोमा जननेता स्व मदन भण्डारीले कम्युनिस्ट पार्टी पनि लोकतान्त्रिक र बहुदलीय प्रतिस्पर्धालाई स्विकार्ने शक्ति हुन भनेर परिभाषित गरिदिए । हत्या हिंसाद्वारा होइन जनताको मन जितेर नै राज्य सत्ता कब्जा गर्न सकिन्छ । यो नै स्थायी राज्य संचालनको आधार हो भनेर बिश्वले सुन्ने गरि हिमाली मुलुक नेपालबाट शंखनाद गरिदिएपछी मात्रै नेपाली मौलिकतामा आधारित मार्क्सको जन्म भएको थियो ।नेपालमा सच्चा कम्युनिस्ट नै छैन्न भनेर तर्क गर्नेहरु समयको चाप भन्दा निकै पछि छन भनेर बुझ्नुपर्छ ।आर्थिक , सामाजिक आधार परिबर्तन भए  अनुुसार
    मान्छेको चेतना र आबश्यकता परिवर्तन र फरक हुन्छ ।मुलत अन्याय अत्याचारका बिरुद्द प्रतिकार गर्ने र सामाजिक रुपान्तरणमा कस्तो खाले भुमिका खेल्छ भन्ने कुराले नै कम्युनिस्ट चरित्र निर्धारण गर्छ । राष्ट्रिय पुजीको निर्माण गर्न दलाल पुजीवादीको रुपान्तरण पहिलो सर्त हो । एक्कासी र एकैपटक यी सबै कुरा पाउन सम्भव छैन । निरंकुश राज्यमा पनि आफ्नो स्रोत साधनको बिकास गर्न केही समय लाग्छ नै । यस्तो नितंकुश राज्यको कल्पना सभ्य समाजमा टिकाउ हुन सक्दैन ।
    एउटा कम्युनिस्ट पार्टी भित्र विभिन्न चरीत्रका मान्छेको प्रतिनिधित्व हुने हुँदा एउटा बस्तुलाइ बुझ्ने दृष्टिकोणमा अन्तर हुनु नौलो हुदैन । यहि अन्तर हुने कुरालाइ आत्मसात गरेर एकता, संघर्ष र रुपान्तरणको विधि निर्माण गरेर हल गर्न सहमत भएको देखिन्छ । आन्तरिक कमिटी बैठकमा कमिकमजोरीको समीक्षा र आत्म आलोचनाको पद्धति हराउदै जादा पार्टी पार्टी जस्तो नभएर झुन्डहरुको समूह जस्तो भएको छ । आलोचना र बिरोध बीच भेद छुट्टाउन नसक्ने ,शक्ति आर्जन पछि सजिलै त्याग्न नखोज्ने ,नेतृत्व विरुद्ध छलछाम र षडयन्त्रका तानावाना बुनिराख्ने , बिचारका आधारमा भन्दा स्वार्थ,सम्बन्ध र बदलाको भावनाले स्थायी गुट निर्माण गर्ने , बिरोधीलाइ पल्लै किनारमा पुर्याउने गरि उछितो काढ्ने र आलोचना सुन्नै नसक्ने  नेतृत्वका कारण बेलाबेलामा नेपाली कम्युनिस्ट आन्दोलन मुर्छनामा पर्ने र भबिष्य माथी नै प्रश्न उठने गरि बिबाद छताछुल्ल हुने गरेका छन ।हिजो पुष्पलाललाई गद्दार भनेर बन्दुकको नालबाट सत्ता कब्जा गर्न हिडेकाहरु बहुदलीय प्रतिस्पर्धा र जनमतको निर्णय मान्ने पथमा आएका छन । नेपाली कम्युनिस्ट आन्दोलनमा देखिने बेलाबेलाका उन्मादले ठूलो जनधनको क्षति सहित देशको बिकासलाइ समेत पछि पार्ने गरेको ईतिहास छ । नेपालको सन्दर्भमा लोकतन्त्रलाइ आत्मसात गरेको र जनजिबिकाका सम्बन्धमा स्पष्टताका साथ काम गरेको कारणले कम्युनिस्ट पार्टी प्रती नेपाली जनताको उभार घट्दो छैन बढ्दो छ । ग्रामीण भेक र शहरी क्षेत्र सबैतिर राम्रो पकड बनाउन सक्ने आजको एमाले बनाउन पुष्पलाल,केसरजंग रायमाझी ,राधाकृष्ण मैनाली सिपि मैनाली ,झलनाथ खनाल,मदनभण्डारी ,मनमोहन अधिकारी ,बामदेव गौतम,माधव नेपाल र केपि ओलिको उत्तिकै भुमिका छ । कम्युनिस्ट आन्दोलनमाथि खतराको घण्टी बजाउने काम पनि बेलाबेला यी नेताहरु बीचमा देखिएको संघर्ष , सत्ता स्वार्थ,दाउपेच,उन्माद र कार्यदिशामा मतभेद नै जिम्मेवार हुँदै आएका छन । पछिल्लो ३०७५ जेष्ठ ३ मा नेकपा भइसकेपछी र २०७७ फाल्गुन २३ पछि नेकपा एमाले र एकीकृत माओवादीमा बिभक्त भइसकेपछीका बिबाद हेर्दा कार्यदिशा ,सिद्धान्त ,जनजिबिकाका मुद्दा भन्दा नि नेतृत्वको टकराव, उत्तेजना ,गुटगत संरक्षण , सत्ता भोगको उत्कट चाहना र कुण्ठा नै कारक तत्व मान्न सकिन्छ । पछिल्लो नेकपा एमालेमा केपि ओलि र माधव नेपाल बीच देखिएका खटपट र बिबाद एकले अर्कोलाइ सिध्याउने किसिमले बढ्नुका कारण यिनै उन्मादहरु नै हुन । फलत यी गतिविधिले कम्युनिस्ट आन्दोलनलाइ सधैको लागि क्षति पुर्याउन पनि सक्छ । एकले अर्कोलाइ साइजमा ल्याउने कि सहमती गर्ने भन्ने निचोडले नै यसको निक्र्यौल गर्छ भन्ने लाग्छ ।हिजो बामदेवलाइ माले बनाएर जादा छिटो साइजमा ल्याउन सक्दा पार्टीलाई कम क्षति भयो । तर देशको निम्ति त्यो उग्रबादले माओबादी आन्दोलनलाई मलजल गरेको कारण ठूलो नोक्सानी बन्न पुग्यो । कलंकको कालो टीका बामदेवको निधारमा नमेटिने गरि लागेको छ ।अहिले केपि ओलि र माधव नेपाल बीचको झगडाले एउटा पक्षलाइ कलंकको टीका लगाउने छ । त्यो पक्ष माधव नेपाल नै हुनेछन । नवौ महाधिवेशनबाट आएको पार्टी अध्यक्ष ,निर्वाचनबाट आएको प्रधानमन्त्री र जवजको एउटा सुत्राधार र कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरेर लैजाने अठोट गरेका केपि ओलिलाइ घेराबन्दी गर्ने, अबान्छित मुद्दाहरु उछाल्ने र प्रचण्डसंग मिलेर जसरी अपदस्त गर्ने घिनलाग्दो हर्कत देखिए र नवौ महाधिवेशनको निर्णयलाइ सहज रुपमा पचाउन नसकेको कुण्ठा मिश्रीत वाणीहरु सडकमा पोखिए त्यसले माधव नेपाल हार्ने लडाइ लडेका छन । बामदेवले महाकाली सन्धि जस्तो राष्ट्रबादी मुद्दासहित त्यतिखेरका जल्दाबल्दा सांसद लगेर पार्टी फुटाउदा त जनताले लोप्पा खुवाइदिएर डिच्च दांत देखाएर फर्कनु पर्यो भने माधव नेपालले पार्टी बिभाजनको सपना देखेका हुन र प्रचण्डको काखमा लुपुक्क पर्न खोजेका हुन भने त्यो निर्थक हुने प्रष्ट छ ।प्रचण्डलाई यो चौध बर्षमा अस्थिर, षड्यन्त्रकारी ,बिचारबिहिन, झुटको खेती गर्ने , मनमौजी र नितिबिनाको नेताको रुपमा पर्घेल्दै गएका छन । तर प्रचण्डले आफुलाइ लचक, चमत्कारिक र छलाङ्ग हान्ने नेता भएको दावी गरेतापनी यो बीचमा उहिलेको राप्रपाको भुमिकामा आफ्नो पार्टीलाई पुर्याएका छन । सानो समुहमा रम्ने प्रचण्डलाई युद्दकालिन कमरेड मोहनबैध,बाबुराम हुँदै राम बहादुर थापा र टोप बहादुर रायमाझीले समेत साथ छोड्दै गएको स्थितिमा माधव नेपालको यो आशक्त्ती केका लागि नबुझिएको कुरा छ ।नेकपा हुँदा गरिएका व्यवहार ,लगाइएका आरोपले केपि ओलिले माफ दिनुपर्छ भन्ने स्तरमा कुनै कार्यकर्ता छन भन्ने कल्पना गर्न सकिँदन । यद्यपि हिजोको पार्टी निर्माणमा गरेको योगदान र भोलि लाग्न सक्ने धक्कालाई अन्दाज गरेर आत्म आलोचना गर्न तयार हुन्छन भने जिम्मेवारी दिन नेतृत्वको हिसावले लचक हुनैपर्छ । हिजो पार्टी एकता गर्दा किन गरिस र पार्टी बिघटित हुँदा पनि किन स्विकारिस भनेर केपि ओलिसंग निहुँ खोज्नेहरु नेकपा एमालेको नेतृत्वलाइ कमजोर पार्न खोज्नेहरु हुन । तिनिहरु पार्टीभित्र रहदा पनि पार्टी कमजोर हुन्छ भने पार्टी बाहिर हुँदा पनि फरक पर्दैन ।
    अहिलेको बिबादले पार्टी शुद्धीकरणको अबसर पनि दिएको छ ।घाउ लुकाएर क्यान्सर बनाइ अंग काटनु भन्दा समयमा उपचार गर्नु नै ठिक छ । अहिलेको नेतृत्व लामो समय, पटक पटक पार्टी र सत्तामा रहेको कारण समस्या पैदा भएको छ । सत्तरी काटेका,प्रधानमन्त्री ,उपप्रधानमन्त्री भएका र पार्टी महासचिव र अध्यक्ष भएकाले अनिवार्य अभिभावक कमरेड बन्न तयार हुनैपर्छ ।नभए जसले जन्माए उसैले कम्युनिस्ट पार्टीको घाँटी निमोठदैछन भनेर बुझ्नुपर्ने हुन्छ । केपि ओलि र माधव नेपालले सग्गलो र बलियो पार्टी दोस्रो पुस्तालाइ दिएर राजनितिबाट बिदाइ हुनुपर्छ ।राजनितिक परिबर्तनको कार्यभार पूरा गरेकोमा पहिलो पुस्ताको ईतिहास गर्बिलो बनेको छ ।दोस्रो पुस्ताले आर्थिक अभियानको नेतृत्व लिनुपर्छ र त्यो कामको थालनी प्रगतिशील दावी गर्ने नेकपा एमालेले शुरूवात गरोस भन्ने सबैको चाहना छ । केपि ओलिले आर्थिक,सामाजिक बिकासका आधारहरु कोरिदिएका छन ।यसको जस अहिले दिन नचाहे पनि इतिहासको कालखण्डमा सबैले दिनुपर्ने बाध्यता हुनेछ । सबै नेताको कार्यशैली एउटै नहुन सक्छ तर उद्देश्य र सामाजिक रुपान्तरणको अठोट सहि हुन सक्छ । सबै नेतृत्वले आजको मात्रै होइन भोलीको लागि पनि सोचौ । आफ्नो कमजोरीमा म म भन्न सक्नुपर्यो ।आत्म आलोचनाको शुरूवात २०७८ बैशाख ६ को केन्द्रिय कमिटीको बैठकबाट गरौ ।महाधिवेशनमा लगेर पार्टीको दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने गरि नयाँ सहमति गरौ ।विधि बिहिन उन्माद देखाएर अनुशासनको दायरा नाघ्ने कामले आफैलाइ कमजोर बनाउछ ।पार्टी नेतृत्वको हिसाबले केपि ओलिलाइ सहज बातावरण बनाइदिने काम माधव पक्षले गराइदिए मात्रै अबिश्वास हटेर सबै पक्षलाइ मिलाएर संगै लैजाने दवाव नेतृत्वमा पर्न जान्छ । बोलाउदा डांडा पारी नबोलाउदा डांडावारी गर्ने उन्मादले बढी नोक्सान माधव पक्षलाइ हुनेछ । घरभित्र बसेकालाइ बाहिर बसेकालाइ जति डर हुदैन । रातदिनको रडाकोले घरमा शान्ती हुदैन । घरमा बस्न चाहनेले सहमती निर्माणको लागि लचक हुनैपर्छ ।’एकजना मुलियाले सयजना पिर्छ ‘भने जस्तो अहिले घर छोडेर सडकमा कराउने माधव नेपाल ,बामदेव गौतम नै हुन ।घरमा नयाँ सदस्य थपिदा डाह गर्ने होइन ,ब्यवस्थापन गर्ने हो ।आफुले पनि एमालेमा आस्थावान नयाँ सदस्य थप्ने प्रयत्न गर्ने हो । स्थायी गुटलाइ प्रश्रय दिदा त्यसको सिकार भोलि आफै हुनुपर्छ । तसर्थ मूल्य मान्यता भएको संस्कारी घरको परिकल्पना सबै मिलेर गरौ ।गल्तीमा कारवाही कार्यकर्तालाई मात्रै होइन नेतालाइ समेत हुन्छ भन्ने नजिर स्थापित गर्न खुट्टा कमाउनु पनि हुदैन । सजाय सच्चिनलाइ हो,बिच्किनलाइ होइन ।कोहि बिच्किन्छ भने कठघरामा उभ्भिएर जवाफ उसैले दिनुपर्छ ।

    लेखक बस्नेत, जिल्ला युवा समिती गुल्मीका अध्यक्ष हुनुहुन्छ।

    Advertisement

    बिहिबार, बैशाख ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ७.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ८.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation