• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • १०. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

मगर समाजमा माघे सक्रान्ति पर्वको उल्लास


  •   बिहिबार, माघ ०१, २०७७ मा प्रकाशित
  • यामलाल पुन मगर । हरेक वर्ष माघ महिनाको पहिलो दिनलाई माघे सक्रान्ति वा माघी पर्वको रुपमा मनाउने गरिन्छ । अझ नेपालका प्रमुख दुई आदिवासी जनजाति मगर र थारु समुदायमा यो दिनको विशेष महत्व रहेको छ । त्यसैले, नेपाल सरकारले पनि २०६५ सालमा माघे सक्रान्तिलाई मगर र थारु समुदायको राष्ट्रिय पर्वको घोषणा गरेको थियो ।
    मगर जाती देशको ७७ वटै जिल्लामा बसोवास गर्दछन् । विशेषतः पश्चिम नेपालको पाल्पा, नवलपरासी, तनहु, म्याग्दी, वाग्ुलङ, प्यूठान, रोल्पा र पूर्वी रुकुममा मगर समुदायको वाहुल्यता छ । यो समुदाय विभिन्न क्षेत्रमा छरिएको हुनाले प्रमुख पर्व माघे सक्रान्ति पनि विभिन्न तवरले मनाउने गर्दछन् । यो पर्व कतिपय मगर गाउँमा २÷३ दिन सम्म धुमधामका साथ मनाउने गरिन्छ । अझ रोल्पा, रुकुमका कतिपय घना मगर बस्तीमा यो पर्व धुमधामकासाथ एक हप्तासम्म पनि मनाउने प्रचलन छ । यस पर्वलाई रोल्पा रुकुमतिर माघे सकराई र म्याग्दी बाग्लङ्गतिर माघे सङ्राती पनि भनिन्छ ।

    Advertisement

    कसरी मनाइन्छ ः मगर समाजमा पुसको अन्तिम सातादेखि नै माघे संक्रान्ति पर्वको तयारी गरिन्छ । खासगरी माघे सक्रान्तिको अघिल्लो दिन मगरहरु आ–आप्mनो टोलमा भेला भएर मासुका लागि सुगर, खसी, वोका, रागा, माछाको जोहो गरि मासुको व्यवस्था गरिन्छ । तरुलको लागि पुसको अन्तिम दिन वनमा गएर कन्दमुल खन्ने रोटी पकाउने र सालको पातको दुना टपरी व्यवस्था गर्ने गरिन्छ । यसलाई पुसको पाक्य र माघको खास्य भन्ने गरिन्छ अठार मगरातका रुपमा चिनिने रोल्पा र पश्चिम वाग्लुङमा मगरहरु पुस १५ गतेदेखि नै तारो हान्ने बेतको अभ्यास गर्ने गर्दछन् । त्यसको साथै आ–आप्mना छोरी चेलीलाई माघे पर्वको निम्तो दिने पनि गरिन्छ ।
    माघे सक्रान्तिको दिन विहानै घर मुली लगायत सबै दाजुभाई नजिकैको खोला नदि र पधेरामा गएर नुहाउँछन् । अनि काचो तरुल, जौ, तिल भातको दालको टिका लगाउँदा त्यससागै सानो तयारी वा तरुल, जौ, तिल र सिंकडा सहित वत्ति बालेर खोलामा वगाउँछन् । यसो गर्दा वर्षैभरीको ग्रहदशा वगेको विश्वास गरिन्छ । कतै कतै भने नुहाएर आएपछि घरमुली मान्छेले धुरी खम्वामा चुल्हो र पुर्खाहरुको नाममा पितृपूजा गर्छन् ।
    बाह्र मगरातको रुपमा चिनिने पाल्पा, स्याङजा, तनहुको मगरहरुले पुर्खाको नाममा पधेरामा पिण्ड दिने गर्दछन् । माघीमा निम्तो गरिएका छोरी चेलीहरु माइतमा आउँदा रोटी रक्सी लिएर आउने गर्दछन् र पितृको पुजा गरिसकेपछि सपरिवार बसेर खिचडी, तरुल मासुको परिकार र जाड रक्सी खाएर रमाइलो गर्ने चलन छ । तरुललाई माघे सक्रान्ति पर्वको पवित्र खाना पनि मानिन्छ । तरुल खाएमा शरीरमा वर्षभरी नै रोग नलाग्ने विश्वास गरिन्छ । खाना खाइसकेपछि रोल्पा, रुकुम, वाग्लुङ, म्याग्दी, प्यूठानका मगरहरु तारा हान्ने खेल खेल्दछन् भरुवा बन्दुकले पिक्का हान्ने प्रचलन छ । मुलुक द्वन्द्वमा फसेपछि गाउँघरमा युवा भेटिन छाडेकोले भरुवा बन्दुक पनि तत्कालीन विद्र्रोही दल वा सरकार पक्षले लगेकोले यो तारा खेल अहिले लोप भएको नौवहिनी फोप्लीका ७० वर्षिय ताज बहादुर घर्ती बताउँछन् ।
    त्यसैगरी बाह्र मगरात अन्तरगत नवलपरासी, पाल्पा, स्याङ्जा, तनहु, गोरखा तिर भने मगरहरु कौरा नाच नाचेर रमाइलो गर्दछन् । पछिल्लो समय स्थानीय क्लव, मगर संघहरुको अगुवाईमा विभिन्न स्तरका मेला महोत्सव गरी माघी पर्व मनाइन्छ ।

    सामाजिक एवं सांस्कृति महत्व ः मगर समाजमा प्रमुख चाडको रुपमा माघे सक्रान्ति पर्वको विशिष्ट सामाजिक सास्कृतिक महत्व रहेको छ । माघे सक्रान्तिलाई मगर समाजमा ऋतु परिवर्तनको रुपमा लिने गरिन्छ । विशेष गरी मगर परम्परामा उभेली र उधेली गरी ऋतुको अभ्यास गरिन्छ । साउनदेखि पुस सम्म उधेली र माघदेखि असारसम्म उभेली । तसर्थ माघे सक्रान्तिलाई उभेली ऋतुको सुरुवात मानिन्छ । त्यस अर्थमा मगरहरुले माघे सक्रान्तिलाई नया वर्षको रुपमा व्याख्या गर्दछन् । पहिले पहिले मगर समाजमा नाचिने नाच सोरठी, मारुनी, घाटु जस्ता नाच उधेली ऋतुमा मात्र नाच्ने चलन रहेको फोप्लीका स्थानीय ५५ वर्षिय शमसेर पुन बताउँछन् ।
    माघी पर्वबाट यो नाच समापन गर्ने पनि गरिन्छ । माघीको अवसरमा पुर्खाहरुलाई सम्झने, छोरी चेलीलाई दान दक्षिणा दिने र इष्टमित्र बोलाएर खुवाउने र रमाइलो गर्ने भएकाले मगर समाजमा यो पर्वले एकता र सद्भाव कायम पनि गरेको छ । पाल्पा र गुल्मीको सिमानामा पर्ने रिडी बगरमा माघे सक्रान्तिको दिन ठूलो मेला लाग्दछ । उक्त मेलामा सहभागी हुन रुकुमका मगरहरु राडीपाखी, घिउ, ओखरको घाजी लिएर आउँदछन् । रोचक त के छ भने रोल्पा रुकुम पश्चिम, वाग्लुङमा बोलिने मगर भाषामा पानीलाई ‘रि’ भनिन्छ । भने पाल्पा, तनहु र स्याङ्जामा बोलिने मगर भाषामा पानीलार्ई ‘डि’ भनिन्छ । त्यसले दुवै मगरमाषी समुहको संगमस्थलबाट रिडी नाम रहन गएको विश्वास मगरहरुमा गरिन्छ । माघीमा रिडी लगायत, म्याग्दीको वेनी, रोल्पाको मारिवाङ्ग, प्यूठानको गौमुखी जस्ता स्थानमा नुहाउनेको घुइचो लाग्ने गर्दछ । विदेशमा छरिएर रहेका मगरहरुले नेपालबाट कलाकार सामाजिक अगुवालाई बोलाएर माघी मान्दछन् ।
    सांस्कृतिक पहिचानको राजनीति २०४६ सालको राजनीतिक परिवर्तनपछि प्रजातान्त्रिक बातावरणले मगरहरुमा पनि सांस्कृतिक पुनर्जागरण ल्याउन मद्दत ग¥यो । खासगरी नेपालका आदिवासी जनजातीमध्ये जनसंख्या र बसोवासको हिसावले सबैभन्दा धेरै व्यापक रहेको यो समुदाय नेपाल राज्यको निर्माणमा हिन्दुकरणकै शिकार हुन पुग्यो । यसले गर्दा मगरहरुले मौलिक भाषा संस्कृति पहिचान पनि गुमाउँदै गए ।
    २०४६ पछि मगरहरुको सामुदायिक संस्था नेपाल मगर संघ मार्फत सांस्कृतिक पहिचान खोजी गर्ने प्रयासको थालनी गरियो । त्यही प्रयासको परिमाण स्वरुप २०५१ सालमा मगर जाती हिन्दु नभएको र दशै पनि मगरहरुको चाड नभएकाले दशै बहिस्कारको घोषणा ग¥यो तर दशै नभएर मगरहरुको राष्ट्रिय चाड नै के हो भनी विकल्प दिइएन । दशै वहिस्कार आन्दोलनले शहर बजारमा बस्ने सिमीत मगरहरुलाई राम्रै आकर्षण गरे पनि गाउँमा बस्ने ८० प्रतिशत भन्दा धेरै मगरहरुलाई प्रभाव पारेन ।
    दशै वहिष्कार आन्दोलनका प्रमुख अभियान्ता तथा नेपाल मगर संघका तत्कालीन अध्यक्ष गोरे बहादुर खपाङ्गी २०५९ सालमा तत्कालीन राजा ज्ञानेन्द्रकै प्रतिगामी सरकारमा मन्त्री मनोनित भएपछि सोही वर्षको दशैमा उनले राजाबाट दशैको टिका ग्रहण पनि गरे । त्यसैले वर्षौदेखि दशै वहिष्कार गर्दै आएका मगर समुदायलाई भावनात्मक चोट मात्र परेन मगर समुदायमा अत्यन्त प्रशिद्धि पाएका स्वयम खपाङ्गीको लोकप्रियता पनि ह्वात्तै घट्यो ।
    यसरी राष्ट्रिय चाडको अन्योलमा बाचेका मगरहरु २०६२÷०६३ को लोकतन्त्रको पुनस्र्थापना पछि माघे सक्रान्तिलाई राष्ट्रिय चाडको रुपमा पाउँदा केही राहत त महसुस गरेका छन् । तर माघे सक्रान्तीलाई राष्ट्रिय चाडको रुपमा अपतन्व लिन अझै सकेका छैनन् । यसको उदाहरण मगर भन्दा कम जनसंखया भएका जाती गुरुङ, राई, लिम्वु, तामाङ्गले आप्mनो राष्ट्रिय पर्वको अवसरमा काठमाण्डौको टुडिखेलमा जति भव्य र प्रभावकारी रुपले मनाउँदै आएका छन् । मगरहरुले त्यस्तो भव्यता र धुमधामकासाथ मनाएको पाइदैन ।
    मगर जाती देशकै तेस्रो धेरै जनसंख्या भएको जति त्यसैगरी जनजाती समुदायका पछिल्ला धेरै जनसंख्या भएको जाती हो । माघे संक्रान्तिलाई राज्यले राष्ट्रिय चाड घोषणा गरे पनि राष्ट्रिय विदा भने दिन कन्जुस्याई गर्दै आएको थियो तर अहिले चौतर्फि दवावका कारण सरकारले राष्ट्रिय विदा दिन थालेको छ ।

    बिहिबार, माघ ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    भर्खरै

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ६.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ७.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ८.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation