• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, पुष २८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु

कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

तम्घास बजारमा स्वच्छ मासु तथा दूध बिक्री सुनिश्चित गर्न अनुगमन

लोकप्रिय समाचार

  • १. पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

  • २. इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

गुल्मीमा झारफुक गर्ने क्रममा १ जनाको मृत्यु २ जना घाइते


  •   बुधबार, पुष २९, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा झारफुक गर्ने क्रममा १ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१ ओख्रेनी तिनधारा बस्ने ३८ वर्षका रामप्रशाद श्रेष्ठ र उनकीे श्रीमती बर्ष ३६ की शान्तिला श्रेष्टले भारफुक गर्ने क्रममा ईश्मा गाउँपालिका वडानम्बर–३ दर्लामचौर वस्ने वर्ष ६४ को राम वहादुर मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रष्ठले जानकारी दिए ।
    झारफुक गर्नेले नै बुधवार बिहान रामप्रशाद श्रेष्ठले मेरो घरमा अपरीचित व्यक्तिहरु आई अशान्ति मचाई रहेको भनेर प्रहरी कहाँ उजुरी दिएका थिए । प्रहरीले उजुरी उपर के कसो भएको हो भनि वुझ्न जाँदा एक जनालाई मृत फेला पारेको थियो ।
    मृतक मुखिया पुस २५ गते ढाड दुख्ने विरामी भई झारफुक गर्न भनी श्रेष्ठ कहाँ आएको प्रहरीले जनाएको छ । मृतक मुखियालाई झारफुक गराउने क्रममा ढाड दुख्ने विरामी भई संन्चो गराउने बहानामा शरीर भरी आगोले पोली डामी मृत अवस्थामा फेला परेको प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रष्ठले बताए ।
    झारफुक गराउने क्रममा ईश्मा गाउँपालिका वडानम्बर–३ दर्लामचौर वस्ने ३४ वर्षको हुम वहादुर मुखिया र रेसुङगा नगरपालिका वडानम्बर–५ भुवनपानी वस्ने ४० वर्षकी टोपला दमाईलाई घाइते भएका छन् । टोपला पुस २४ गते झारफुक गर्न भनी आएकी थिइन् ।
    झारफुकबाट उनिहरुको अनुहर, शरिर भरी पोली डामी घाईते अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घाइते २ जनालाई उपचारको लागि गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।
    उनिहरुको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । झारफुक गर्ने जिल्लाको मालिका गाउँपालिका वडानम्बर– ६ अर्जे घर रहेको प्रहरीले जनाएको छ ।
    उनिहरुले तम्घासको उदिनढुङ्गामा रहेको माधव ज्ञवालिको जग्गामा भाडामा कच्चि टहरो बनाई झारफुक गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले दुबै जना झारफुुक गर्ने ब्याक्तिहरु नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी उपरिक्षक (एसपी) श्रष्ठले जानकारी दिए ।
    झारफुक गर्नेले नै प्रहरीकहाँ उजुरी
    झारफुक गर्नेले नै बुधवार बिहान रामप्रशाद श्रेष्ठले मेरो घरमा अपरीचित व्यक्तिहरु आई अशान्ति मचाई रहेको भनेर प्रहरी कहाँ उजुरी दिएका थिए । प्रहरीले उजुरी उपर के कसो भएको हो भनि वुझ्न जाँदा एक जनालाई मृत फेला पारेको थियो ।
    प्रहरीले घाईतेहरुसंग घटना सम्वन्धमा वुझ्दा जिल्ला गुल्मी ईश्मा गाँउपालीका वडा नं.३ दर्लामचौर वस्ने कृष्ण वहादुर कुमाल (मुखिया) र दाई ऐ.ऐ.वस्ने हुम वहादुर मुखियाले आफ्नो वुवा राम वहादुर मुखिया ढाड दुख्ने विरामी भए पछी झार फुक गर्नको लागि मिति २०७७।०९।२५ गते निज रामप्रशाद श्रेष्ठको घरमा ल्याएको बताएका थिए ।
    रामप्रशाद श्रेष्ठ र श्रीमिती सान्तीला श्रेष्ठ समेत जना २ मिलि झारफुक गरी उपचार गर्ने वहानामा खाना खान नदिई आगोमा फलामे रड,पलाष्टिक पाईप तथा स्टीलको झाँजर तताई शरिरको विभिन्न भागमा डामी झारफुक गर्ने क्रममा वुवा राम वहादुर मुखियाको मृत्यु भएको उनिहरुले प्रहरीलाई बयान दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतक वुवालाई संचो हुन्छ आफै एक्छीनमा उठ्छन भन्दा भन्दै निजको मृत्यु भएको थाँहा हुन आएको घाइतेले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।
    अर्की घाईते टोपला दमाईलाई पनि निज प्रतिवादीहरुले झारफुक गर्ने वहानामा मिति २०७७।०९।२४ गते वोलाई सोही विधि अपनाई पोली डामि घाईते वनाएको अवस्थामा फेला पारी वारदात घटनामा संलग्न रहेका वर्ष ३८ को रामप्रशाद श्रेष्ठ र निजको श्रीमिती वर्ष ३६ की सान्तिला श्रेष्ठलाई पक्राउ गरी ल्याईएको प्रहरीले जनाएको छ ।
    मृतकको शव परिक्षणको लागी र घटनामा घाईते भएका टोपला दमाई र मृतकका जेठा छोरा हुम वहादुर मुखियालाई औषधि उपचारको लागी जिल्ला अस्पताल तम्घासमा पठाईएको ।

    Advertisement

    बुधबार, पुष २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग
    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    सफा बस्ती, पुरस्कारको अवसर-खुङ्गमा सरसफाइमा प्रतिस्पर्धा
    दुःखमा हात बढाउने गाउँ
    आमाको सम्झनामा वडाबासीको न्यूनतम विद्युत् महसुल अध्यक्ष पोख्रेलले व्यहोर्ने

    लोकप्रिय

    • १.
      पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

    • २.
      इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम

    भर्खरै

    • १.
      इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

    • २.
      पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

    • ३.
      तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

    • ४.
      गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु

    • ५.
      कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

    • ६.
      सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

    • ७.
      इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

    • ८.
      राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation