• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

लोकप्रिय समाचार

  • १. भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

घोराहीमा उपप्रमुख खुत्रुके बचत कार्यक्रम


  •   आइतबार, पुष २६, २०७७ मा प्रकाशित
  • दाङ । दाङको घोराही उपमहानगरपालिकाले मातृशिशु स्वास्थ्यको कार्यविधी बनाएर आमा र बच्चाको स्वास्थ्य सुरक्षामा लगानी गर्न लागेको छ । उपप्रमुख खुत्रुके बचत कार्यक्रम कार्यविधी बनाइ आमा र बच्चाको स्वास्थ्यमा लगानी गर्न लागेको हो ।

    Advertisement

    गर्भवती भए देखी नै आबश्यक स्वास्थ्य जाँच, पोषण, खोप लगाएतका आधाभुत स्वास्थ्य सेवालाई सुनिश्चित गर्दै आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि कार्यविधी बनाउन लागेका उपमहानगरले जनाएको छ । उपप्रमुख खुत्रुके बचत कार्यक्रम कार्यविधीको मस्यौदामा आइतवार स्वास्थ्यकर्मी र वडा सचिबहरु विच छलफल भएको हो । गर्भ रहे देखी बच्चा जन्मदा सम्म ४ पटक स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य जाँच गर्नुपर्ने, बच्चा जन्मेपछि ३५ दिन भित्र अनिवार्य जन्मदर्ता गराउनु पर्ने, खानपानमा सन्तुलन मिलेको हुनु पर्ने नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिनुभयो ।

    कार्य विधीले तोकिएका सबै मापदण्डको पालना भएपछि जन्मीएको बच्चा र आमाका लागि घोराही उपमहानगरपालिकाले खुत्रुकेमा एक हजार रुपैयाँ राखेर दिने उहाँको भनाइ छ । गतबर्षका सुरुभएको उपप्रमुख खुत्रुके अभियानलाई यस बर्ष देखी कार्यविधी नै बनाइ आमा र बच्चाको स्वास्थ्य सुरक्षामा विषेश ध्यान दिएको नगर उपप्रमुख यौपानेले जानकारी दिनुभयो ।

    उक्त कार्यविधीमा सामाजिक संस्कार अनुसार न्वारान, भात खुवाई, चाडपर्वमा शिशु तथा आमालाई दिइने दक्षिणाबाट आउने रकमलाई फजुल खर्च नगरी उक्त खुत्रुकेमा जम्मा गर्ने र अप्ठेरो पर्दा बच्चा र आमाको उपचार तथा पोषणका लागि खर्च गर्ने उल्लेख छ । यस आर्थिक बर्षमा उपमहानगरले उपप्रमुख खुत्रुके बचत कार्यक्रमका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

    मातृशिशु स्वास्थ्यलाई सबल र सक्षम बनाउन यो कार्यक्रम ल्याइएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद घर्तीले बताउनुभयो । बालमैत्री नगर बनाउने, मातृशिशु मृत्युदरलाई घटाउने, पैसा बचतको बानी विकास गर्ने र पोषिलो खानेकुरा प्रति ध्यान जगाउन समेत कार्यविधी बनाइएको उहाँले बताउनुभयो ।

    आइतबार, पुष २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    भर्खरै

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ४.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ५.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ७.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ८.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation