जबरजस्ती करणी मुद्धामा दोषी ठहरीय दुई प्रहरी, कैद सजायको फैसला

नवलपरासी । बलात्कारमा संलग्न दुई प्रहरीलाई जिल्ला अदालत पश्चिम नवलपरासीले दोषी ठहर गर्दै कैद सजायको फैसला सुनाएको छ ।

लुम्बिनी प्रदेश दंगा नियन्त्रण गण सुनवलमा कार्यरत दाङका २३ वर्षीय पटेश्वरी यादव र डडेल्धुराका २५ वर्षीय प्रेम खड्कालाई जबरजस्ती करणी मुद्धामा दोषी ठहर गर्दै कैद जिल्ला अदालतले सजायको फैसला सुनाएको हो ।

न्यायाधिश अशोक कुमार बस्नेतको ईजलाशले यादवलाई १२ र खड्कालाई ७ वर्षको कैद सजाय फैसला सुनाएको अदालतका श्रेस्तेदार प्रेम प्रसाद पौडेलले जानकारी दिनुभयो ।

दंगा नियन्त्रण गण सुनवल नजिकै घाँसपात गर्न आएका १५ वर्ष कि बालिका र १८ वर्ष कि युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा गत वर्षको जेठमा उनीहरु विरुद्ध मुद्धा दायर भएको थियो । दुबै प्रहरीलाई मङ्गलबार जिल्ला कारागार परासी चलान गरिएको छ ।

Sharing Now!

You might also like

Comments are closed.