पंखा मर्मत गर्ने क्रममा चिप्लेर एकजनाको मृत्यु

भैरहवा  ।  पंखा मर्मत गर्ने क्रममा चिप्लेर लड्दा रुपन्देहीमा एकजनाको मृत्यु भएको छ । रोहिणी गाउँपालिका वडा नम्बर ४ स्थित श्री स्टिल कम्पनीमा कार्यरत पर्साको बीरगंजका ४० वर्षिय हरि बहादुर वि.क.को मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले जानकारी दिए ।

सोही कम्पनीको हल कोठामा पंखा मर्मत गर्ने क्रममा चिप्लेर लड्दा घाइते भएका वि.क.लाई उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेज पठाइएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sharing Now!

You might also like

Comments are closed.