नेकपाका नेताहरु चढेको कार भीरबाट खस्यो

बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरु चढेको कार दुर्घटना भएको छ । नेपालगन्जबाट सुर्खेततर्फ जाँदै गरेको बा २१ च २७४६ नम्बरको कार भीरबाट खसेको हो ।

बर्दियाको बाँसगढी नगरपालिका–१, मौरीखोला र उन्तिसखोलाको बीचमा रहेको जंगलमा कार सडकबाट खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पूर्वमन्त्रीसहित पाँच जना घाइते छन । दुर्घटनामा पूर्वजलस्रोत राज्यमन्त्री विनोदकुमार शाह, जिल्ला विकास समिति दैलेखका पूर्व उपसभापति सूर्यबहादुर शाही, जिल्ला समन्वय समिति, दैलेखका उपप्रमुख लक्ष्मी शाह, नेकपाका नेता पदम माझी र सवारी चालक विनय भण्डारी घाइते भएका छन ।

पूर्वराज्यमन्त्री शाहसहित अरू चार जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ भने चालक भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।

कार सडकबाट ६० मिटर तल खसेको र घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।

Sharing Now!

You might also like

Comments are closed.