काठमाडौँ – हुम्लामा आइतबार दिउँसो देखि हिमपात सुरु भएको छ । सदरमुकाम सिमकोट र उत्तरी क्षेत्र नाम्खामा हिमपात हुँदा त्यहाँको जनजीवन प्रभावित भएको छ । सिमकोटमा करिब आधा फिट हिउँ परेको छ ।
Advertisement
यो वर्ष हुम्लामा पहिलोपटक हिमपात भएको हो । बिगतमा मंसिरबाटै हिमपात हुने गरे पनि यस वर्ष ढिलो हिमपात सुरु भएको हो । हिमपातपछि त्यहाँको तापक्रम माइनसमा झरेको छ ।