सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा

कामना डेली, अर्घाखाँची। जिल्लाकाे पाणिनि गाउँपालिकामा आईतबारबाट दुईवटा एम्बुलेन्स सञ्चालनमा अाएका छन ।

पाणिनि गाउँपालिकाकाे कार्यालय र लंकबहादुर केसीकाे संयुक्त लगानीमा सञ्चालनमा अाएका एम्बुलेन्सकाे पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गाैतम, उपाध्यक्ष लक्ष्मि गाैतम, लंकबहादुर केसीका भाइ देविबहादुर केसीले संयुक्त रूपमा उद्वघाटन गर्नुभएको हाे । सुत्केरी महिलाहरूका लागि गाउँपालिकाभित्रका वर्थिङ सेन्टरमा लैजादाँ निशुल्क सेवा प्रदान गरिनेछ । वर्थिङ सेन्टरबाट सुत्केरी महिला पाल्पा तथा बुटवल लैजानुपरेमा अाधा छुट हुने गाउँपालिका अध्यक्ष गाैतमले बताउनुभयो । एम्बुलेन्स सञ्चालनमा अाएसँगै गाउँपालिकाबासी हर्षित बनेका छन । एम्बुलेन्स पाेखराथाेक र चिवेकमा रहनेछन । दुर्गाफाटमा पाणिनि पर्यटन समाजले ल्याएकाे एम्बुलेन्स रहदै अाएकाे छ । याेसँगै पाणिनि गाउँपालिकाभित्र ३ वटा एम्बुलेन्स सञ्चालनमा अाएका छन् ।

Sharing Now!

You might also like

Comments are closed.