जोखिमपूर्ण रुपमा विदेश जाने महिलाको संख्यामा कमी

नेपालगञ्ज । लामो समयसम्म लकडाउन र भारतीय नाका अझै बन्द रहँदा जोखिमपूर्ण यात्रामा जाने महिलाको संख्यामा कमी आएको पाइएको छ ।

भारत तथा तेस्रो मुलुकमा जोखिमपूर्ण यात्रा गर्दा घरपरिवारबाट सम्पर्कबिहीन भएका महिलाको खोजतलासका लागि पर्ने निवेदनको संख्यामा यो वर्ष कमी आएको छ । लामो समयसम्म लकडाउन र भारतीय नाका अझै नखुलेकाले महिला हराएको निवेदन पनि घटेको हो ।

माइती नेपालगञ्ज, नेपालगञ्जका संयोजक केशव कोइरालाका अनुसार, यो वर्ष २ सय ९२ जनाको खोजतलासको निवेदन परेकोमा एक सय ३० जना फेला परेका छन् । गतवर्ष ८ सय ६९ वटा खोजतलासका लागि निवेदन परेको थिए ।

संयोजक कोइरालाले सबैभन्दा बढि खोजतलासको निवेदन बाँकेको रहेको बताए । बाँकेमा ८० जना हराएको निवेदन परेको छ । बर्दियामा ३५ जना, सुर्खेतमा ४० र दाङमा २५ जना हराएको निवेदन परेको छ ।

खोजतलासको निवेदनमध्येमा बाँकेमा १२ जना, बर्दिया र दाङमा एक–एक जना फेला परेका छन् । कोइरालाले लकडाउनको अवधिमा एक सय ३१ जना हराएको निवेदन परेको जानकारी दिए ।

Sharing Now!

You might also like

Comments are closed.